महान व्यक्तिका भनाइ हरु

 


https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_gजो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।

- चार्ल्स डार्विन


हामीले विश्वास एउटा कुरामा र काम अर्कै गर्यौ भने हामीलाई सुख कहिल्यै प्राप्त हुदैन । 

- फ्रेया स्टार्क


व्यक्तिको पतन र मुक्तिको कारण संसार होइन उसको काम हो । 

- हितोपदेश


जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक तरिकाले गर्दछन् ।

 - शिव खेडा


सफलताको जन्मदाता हो, साहस । 

- विकन्सफील्ड


महान् चरित्रको निर्माण महान् विचारबाट हुन्छ । 

- विवेकानन्द


सपना नदेखि कुनै काम सुरू हुँदैन । 

- कार्ल स्याण्डबर्ग


जो अरू कसैको विचार/तर्क सुन्न चाहदैन, त्यो कट्टर हो ।

जो तर्क गर्न सक्दैन, त्यो मूर्ख हो । र,

जो तर्क गर्ने साहस गर्दैन, त्यो नोकर हो ।

- ड्रामण्ड


उनीहरूले मेरो आइडिया चोरे, यसमा मलाई कुनै खेद छैन । बरू मलाई खेद त यस कुरामा छ कि विचरा उनीहरूको आफ्नै कुनै आइडिया नै रहेनछ 

- निकोला टेस्ला


 काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुदैन । 

 - चाणक्य


तिमी पलायन हुने प्रयाश नगर, यो दुनिया कायर व्यक्तिको लागि होइन । ''

- स्वामी विवेकानन्द


यदि तपाईसित जित्ने आकांक्षा छ भने आधा जीत भैसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । ''

- डेविड एम्ब्रोज


सबैले उज्यालोमा मात्र साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाँले पनि साथ दिदैन ।

- एडोल्फ हिटलर 'फ्युहरर'


ऐना मेरो सबैभन्दा असल मित्र हो किनभने म रूँदा यो कहिल्यै हास्दैन । 


- चार्ली च्याप्लिन

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: