नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू:

https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g 


पुरानो रिवाज फेर्ने जिम्मा पाकोछु मैले त

नयाँ इतिहास केर्ने जिम्मा पाकोछु मैले

डाक्न मैले सारा नेपालीहरुलाइ डाकेकै छु


सिंहदरबार घेर्ने जिम्मा पाकोछु मैले त

आस्वासन मात्र दिए यी फटाहा नेताहरुले

तिनै नेताहरु सेर्ने जिम्मा पाकोछु मैले त


यो कठ्याँङ्रिने जाडो भरि नै सबै गरिबलाई

न्यानो लुगाले बेर्ने जिम्मा पाकोछु मैले त


अनाथ आश्रमभरि हेर्नुस ति लालाबालाहरु

तिनैलाइ राम्ररी हेर्ने जिम्मा पाकोछु मैले त


🖐️रोहित राना



ओइलिएर झर्नुपर्ने, मेरो जिन्दगानि //

बिबस्तामै मर्नुपर्ने,मेरो जिन्दगानि //


के दिन्छर मेरो लागि,दुँनियाले यहाँ, //

भारी बैंश भर्नुपर्ने,मेरो जिन्दगानि //


कोही चुम्छ कोही चुड्छ,मेटाई अस्तित्व, //

सामना त्यो गर्नुपर्ने ,मेरो जिन्दगानि //


पिडा आफ्नै मुटु माझ,भमराले चुम्दा,//

सुगन्धता छर्नुपर्ने, मेरो जिन्दगानि //


लुछाचुडी गर्छन उनै,चोट दिने पनि //

साथ उन्कै पर्नुपर्ने , मेरो गिन्दगानि //


🖐️पासाङ तमु



मन भित्र तिमी देखेँ ।

तन भित्र तिमी देखेँ ।


खल्ति छाम्दा भेटीएको,

धन भित्र तिमी देखेँ ।।


लेक बेशी हिड्ने बेला,

वन भित्र तिमी देखेँ ।।


___हुदा हुदा रगतका,

कण भित्र तिमी देखेँ ।।


माना पाथि मुरी हुदै,

टन भित्र तिमी देखेँ ।।


🖐️रत्न शमशेर थापा 'निर्दोषी'

गजुल रोल्पा


पिरतीको मूल बाटो खुले पछी रमाएँ थें।

खुशी बोक्ने तन मन घुले पछी रमाएँ थे।।


चारै तिर ऋतु जस्तै बदलिंदै हिंडे पनि ।

आँगनीका मखमली फूले पछी रमाएँ थें।।


बसन्त झैँ रुप फेरी अल्मलिंदै कैले कहीं।

फूल माथी भमरा त्यो डुले पछी रमाएँ थें।।


पवनको झोका बनी सल्लेरीमा सुसाउँदै।

मिलनको संसार मै, भुले पछी रमाएँ थें ।।


आधी रात मात बनी , छुँदा कैले बदनमा।

जवानीको नशा भित्र झुले पछी रमाएँ थें ।।


🖐️अतित लिङ्देन ( सुब्बा )


निर्दयि यो ईश्वरले खोस्दा वास,गास मेरो।

लाखौँ जनको बिचमा शुन्य छ आभास मेरो।


यति गरिब किन बनाईस जसको जीउने आधार छैन,

कात्रो पनि हुन्न होला मर्ने बेला पास मेरो।


आफ्ना सबै छिनिसकिस अब के नै बाकि छ र?,

फेरि किन रोक्दैनस एक मुठि शास मेरो।


धेरै थाकेँ जिन्दगीलाई बिसाउने ठाउँ खोज्दा यहाँ,

लैजा प्राण तव ठाँउ पाउँछ कि लाश मेरो।


🖐️राज क्षेत्री राहुल


जिउनुको मज्जा पाँए , तिम्रो कारण!

मस्ति नै मस्तिमा आँए, तिम्रो कारण!!


रङ्गिन हुँदैछ, आज मेरो जीवन,

उषाको किरण छाए, तिम्रो कारण!!


मलाई चुट्ने त्यो, भन्छु अतितलाई,

आज म कत्ति, रमाँए तिम्रो कारण!!


आयौ र त तिमि अनि, मैले कसम,

सँगै मर्ने बाँच्ने खाए, तिम्रो कारण


यो यात्रा रहोस, सँधै यसैगरि नै,

तिमि सँग प्रीति लाँए, तिम्रो कारण!!


🖐️दीप मिलन्


क्षितिज पारी गाउँमा पुग्न पाए हुन्थ्यो

मलाई त्यहा लैजान कोहि आए हुन्थ्यो


सपना बोकी प्रबासिदा हाँसो कहाँ छुट्यो

जिन्दगीमा बतासले खुसी ल्याए हुन्थ्यो


बिरानो बस्ति हजारौ मान्छे एक्लो छु म

कोहि आइ सच्चा प्रित आजै लाए हुन्थ्यो


आकास अनि बादल सरी सुन्यता छ मन

चरी जस्तै चिरबिर गर्दै गीत गाए हुन्थ्यो


एउटा मुटु छुटेर बाच्न साच्चै गारो हुन्छ

जिबन भरी साथ दिने कसम खाए हुन्थ्यो


☆•*¨★ S.P ★¨*•☆

🖐️शान्ति पाख्रिन


दोष जती मेरो सिरमा चुलाउन न खोज भो!

गाँठीकुरो खोले हुन्छ झुलाउन न खोज भो!


देखाएर सप्नाहरू जीवनको फूल फूलाउने!

काँडा यता अन्तै फूल फूलाउन न खोज भो!


मीठा मीठा बात संगै रात सधै हाम्रो हुन्थ्यो!

खुसी हरू पीड़ा माझ ,घुलाउन न खोज भो!


कति दिन टिक्छ वैस ?झरेपछि थाहा हुन्छ!

अघि-पछि हजारौंलाई डूलाउन न खोज भो!


तिमी बिना सक्दिन म सजिलै त मर्न पनी!

दरिलै थे हात गोडा ,,लूलाउन न खोज भो!


🖐️कृष्ण मानव खड्का

विदेशिएँ म अलि अलि दाम कमाएँ

यो त लाहुरे भो रे यस्तै नाम कमाएँ


बगाएँ रगत पसिना दिन रात नभनी

कर्म यस्तै मेरो न'बिहान'न साम कमाएँ


आदान प्रदान हुन्थ्यो खबर पत्रहरुमा

सानीले कोरेको पत्रहरुका खाम कमाएँ


जस्तो थिएँ छिर्दा परदेश अझै उस्तै छु

केहि नमस्कार त केहि सलाम कमाएँ


कोहि मित्र पुर्वका कोहि पश्चिमका भेटें

खुशी लाग्छ मित्रहरु भने तमाम कमाएँ


🖐️ ~!~शुभ पल~!~

रोहित राना


धेरै तल खस्नुपर्ला,संसारलाई ढाँट्यौ किन

दलदलेमा फस्नुपर्ला,नकामलाई आँट्यौ किन?


आफ़्ले खन्या खाडलमा,आँफै परे पछि

रहरलाई कस्नुपर्ला,यस्तो डोरी बाट्यौ किन ?


मित्रतालाई लत्याएर, लाग्दा अर्कै बाटो

फेरी सङ्गै बस्नुपर्ला,मायाँ प्रीति साट्यौ किन?


वास्तविकता लुकाएर असत्यलाई रोज्दा

खरानी नै घस्नुपर्ला,आफ्नै बुद्धि चाट्यौ किन?


सोझो मनलाई सताएर गर्यौ धोका बाजी

भङ्गालोमा पस्नुपर्ला,चोखो मुटु काट्यौ किन?


🖐️कोमल भट्ट ,काठमाडौँ l


यो अन्धो सरकार कति दिन टिक्छ..!!

यसरी घरबार कति दिन टिक्छ..!!


तिमी तरबार बोक म कलम चलाउछु..

हेर्दै जाउ तरबार कति दिन टिक्छ..!!


अक्तियार भष्टचार प्रायवाची लाग्न थाले..

अब यो अक्तियार कति दिन टिक्छ..!!


आफ्नो औकात भुल्दैछौ तिमीले..

तिम्रो यो अहंमकार कति दिन टिक्छ..!!


मुटु झिकेर सुम्पेनी प्रियसीलाई..

एकोहोरो प्यार कति दिन टिक्छ..!!


🖐️लक्ष्मण मिलन विष्ट


मायाको चिनो नयन बाट,झरेपछि आउनु,

माथमा मेरो पराय घुम्टो,परेपछि आउनु।


बुझेनौं तिमी आशयहरु,साथ अन्तै हुदैछ,

जन्मेको थलो छोडी बसाई,सरे पछि आउनु।


जोगाई यो चिउदो राखे थें अहँ तिमी आएनौ,


खाली सिउदो कसैले मेरो,भरे पछि आउनु।


फाँटेको दिल सिउने अब ठाम कहाँ रह्‌यो र,

रित्तियर म अर्कैले खुसी,हरेपछि आउनु।


रहेन त्यस्तो हर्षको क्षण,बाँचुन्जेल धर्तीमा,

उपस्थिती अब न्यून छ म मरे पछि आउनु॥


🖐️बिमल पहराई


मेरै थियौ हिजो सम्म खै कसरी बाडिएछौ,

दुनियाको कुरा सुनि नराम्ररी भाडिएछौ ।


भरीपुर्ण त्यो जिन्दगी कहाँ गई रित्याईदियौ,

खालि घार मात्र देखे मह सरी काडिएछौ ।


को सगँ पो के हुन्छर सबै छोडि पछि लाग्यो,

देख्यौ आज तिमी पनि बनै सरी फाडिएछौ ।


बाकी के छ गर्न यहाँ सबै कुरा हरे पछि,

पुग्छु भन्थ्यौ निकै अघि झनै पछि छाडिएछौ ।


माया गर्ने मान्छेलाई तिरस्कार गर्दै तिम्ले,

नदी तारी छोड्छु भन्दा आफै भासमा गाडिएछौ ।

🖐️हेमन्त उपाध्याय


ढुंगा पुज्नलाइ फुलको डालि चुडाउँदै रोएँ

माफी माग्दै उसैलाइ सिर झुकाउँदै रोएँ


स्वर्थि मान्छे स्वर्थि समाज यस्तै रहेछ

तिम्रो चोटमा आफ्नै मन दुखाउँदै रोएँ


केहि पाउनलाइ केही गुमाउन पर्दा यहाँ

कसम खादै जोदिएका नाता छुटाउँदै रोएँ


पाउनु गुमाउन यहा भाग्यको खेल रहेछ

तिम्रो मेरो बिचको कसम फुकाउँदै रोएँ


आँशुहरु सुकीसके सुख्खा छन आँखाहरु

तिमीलाइ बिदा गर्दा हिम्मत जुटाउँदै रोएँ


🖐️शेर्पिन्नी कान्छी



मस्ति गर्ने दरबार, ढलाएर निदाउछु ।

देशदोह्री भ्रष्टचारी, जलाएर निदाउछु ।।


अनासन धर्ना बस्छु मरी गए छोड्ने छैन,

भका जति पापिलाइ, गलाएर निदाउछु ।।


यो देशको जन्तालाइ स्वतन्त्रता दिलाउदै,

भलो हुने दिगो राज्य, चलाएर निदाउछु ।।


शान्ति भूमी देशलाइ आफ्नो पेवा ठान्ने तिनी

सामन्ति र दलाल्लाइ, छलाएर निदाउछु ।।


गरीबको बस्ति माथि दुःख पिडा छर्नेलाइ,

जीउ भरी कालो मोसो, दलाएर निदाउछु ।।


🖐️रत्न शमशेर थापा 



सत्यता देखेर दुर-दुर हुनेछन॥

हो पहिचान बेच्न आतुर हुनेछन॥


यहाँ पैसाको लागी कालो ब्यापार गर्न॥

यिनै मानव जाति प्रचुर हुनेछन॥


पापै पापले पुरै घेरीयो मातृभुमी॥

भगवान् सबै सबै मधुर हुनेछन॥


अब हेर्दै जानुस बिस्तारै एक दिन॥

चेतनशील प्राणी कुकुर हुनेछन॥


रोकौँ कुकर्म सबै नत्र सोझा नुमुखा॥

आत्म हत्या गर्न मजबुर हुनेछन॥


"अभागी"मुकेश रेउले



सक्छौ एउटा सुन्दर स्कुल बनाऊ

पवित्रताको प्रतिक त्यो फूल बनाऊ


हे दैव किन बनायौ जन्म अनि मृत्यु

अमर रहन सबै बरु क्याप्सुल बनाऊ


जाति र धर्म भन्दै लडाई गर्दैछन् याँ

सबै जनाको एउटा साझा कुल बनाऊ


मरेर मान्छेहरु स्वर्ग जान्छ भन्छन्

यो पृथ्वी र स्वर्ग जोड्ने पुल बनाऊ


सक्छौ एउटा सुन्दर  स्कुल बनाऊ

पवित्रताको प्रतिक त्यो फूल बनाऊ


~!~शुभ पल~!~

रोहित राना



बुनिन्छ सपना तोडिन्छ यहाँ!

थुनिन्छ गन्तब्य मोडिन्छ यहाँ!


भाग्यको लेखा काँ टारेर टर्थ्यो

खुनिन्छ सम्बन्ध फोडिन्छ यहाँ!!


...नहुँदा विश्वास मायाँमा कुरा

सुनिन्छ अनेक छोडिन्छ यहाँ!!


एक् पल्ट देखेकै भरमा कोहि

उनिन्छ मनमा जोडिन्छ यहाँ!!


करोडौं सपना भोलिको लागि

चुनिन्छ सप्रेम गोडीन्छ यहाँ!!


मान्छेको जिन्दगि अबस्य पनि

तुनिन्छ माटोमा रोडीन्छ यहाँ!!


अश्मि जी.यम



मेरो स्वाभिमान भट्टिमा भेटिन्छ..!!

अनि पहिचान भट्टिमा भेटिन्छ..!!


मलाई शहरका मान्छेले चिन्दैनन्..

प्राय गुणगान भट्टिमा भेटिन्छ..!!


मैले गजल सुनाउछु पिएर..

मृत भगवान भट्टिमा भेटिन्छ..!!


मान्छे रगत पिउछन् म सराब पिउछु..

कानुन संविधान भट्टिमा भेटिन्छ..!!


उन्ले छोडेर पराई भए देखी..

चिता चिहान भट्टिमै भेटिन्छ..!!


लक्ष्मण मिलन विष्ट



त्यो चिठ्ठी पुरानो नखोल्नु थियो ।

जोखिम मनको नमोल्नु थियो ।


कराएछु देखेर शब्द चिठ्ठिको

दुनियाको सामु नबोल्नु थियो ।


हप्ता बर्ष दशक भरिका पत्र

संगालेर छाति यो नपोल्नु थियो


अब त आसु रातो आउन थाल्यो

आसु र रगत नघोल्नु थियो ।


समयले सबै बुझाउला सानु

धन र मनलाई नतोल्नु थियो ।


त्यो चिठ्ठी पुरानो नखोल्नु थियो ।

जोखिम मनको नमोल्नु थियो ।


नबिन नेपाल



बसाई त्यतै सर्छु भने झनै टाढा हुदै गयौ ,

मायाले मन भर्छु भने झनै टाढा हुदै गयौ ।


तर्किएर हिड्यो सधै मन भरी पिडा लुकाई,

तिम्लाई बिश्वास गर्छु भने झनै टाढा हुदै गयौ ।


आत्मबिश्वास गुमाएर भौतारीदै हिडेका छौ,

ज्यानकै भर पर्छु भने झनै टाढा हुदै गयौ ।


उर्लिएका नाउदी पाउदी तर्नु पर्यो भने तिम्रै,

हात समाई तर्छु भने झनै टाढा हुदै गयौ ।


बाँचुन्जेल जिन्दगीका आँधि तुफान सगँ लड्दै,

तिमै साथमा मर्छु भने झनै टाढा हुदै गयौ ।


शान्ति अधिकारी



नदेखोस झै गरी जान्छेउ नि किन हो ?

मैले नहिंड्ने बाटो छान्छेउ नि किन हो ?


माया भए छ भन्नु नत्र छैन भन्नु नि

ब्यङ्य रुपी बचन हान्छेउ नि किन हो ?


साचो प्यारमा त मान्छे भाबुक हुन्छन

मन्ध हाँस्दै कसम खान्छेउ नि किन हो ?


तिम्राझै हात खुट्टा सबै उस्तै मेरा पनि

म मात्र एक्लो परी ठान्छेउ नि किन हो ?


एही घर हो, पैले मन्दिर हो भन्थेउ

अली अलि सामान लान्छेउ नि किन हो ?


कस्ले लगायो बानि, जिन्दगानी खरानी

आज कुन तालमा तान्छेउ नि किन हो ?


नबिन नेपाल



जन्मदाता कोटी कोटी प्रणाम छ हजुरलाई!

मेरो सुन हीरा मोति प्रणाम छ हजुरलाई!


प्राकृतिको मनोरम हराभरा सुन्दर स्थल

मुगु हुम्ला सोलु डोटी प्रणाम छ हजुरलाई!!


...टेक्ने डालो समाउने हाँगा मेरो प्यारो देश

धर्म कर्म रोजी रोटि प्रणाम छ हजुरलाई!!


अज्ञानीमा ज्ञान भर्ने अँधेरीमा प्रकास छर्ने

मान्य गुरु लाखौँ चोटी प्रणाम छ हजुरलाई!!


समयको चक्र संगै सारा जगको कल्याण गर्ने

घाम जुन दिब्य ज्योति प्रणाम छ हजुरलाई!!


कैले घाम कैले छायाँ जिन्दगीको रीत नै हो यो

दक्ष होस या हजुर खोटी प्रणाम छ हजुरलाई!!


अश्मि जी.यम



सराबी बोतल, लिएर लेख्दैछु॥

एउटा गजल, पिएर लेख्दैछु॥


गुमाउनु पर्ने, घातले जिन्दगी॥

त्यसैले नसामा, जिएर लेख्दैछु॥


बिर्सन अतित, म आफ्नै कहानी॥

फाटेको यो मुटु, सिएर लेख्दैछु॥


सत्यता हरायो, तै पनी यो मन॥

फेरी कसैलाई, दिएर लेख्दैछु॥


अन्धेरी रातमा, सम्झिदै प्रियसी॥

बिस्तारै बिस्तारै, खिएर लेख्दैछु॥


"अभागी"मुकेश रेउले



तिम्रो हात कापेन कि, जात माथि तल लेख्यौ?!

यो निर्दोष जीवनमा, गरि तिमि छल लेख्यौ!!


मान्छे यँहा मान्छे हुन्न, ढुङ्गा पुज्ने समाजमा,

छुवाछुत नानाभाटी छि! छि! दलदल लेख्यौ!!


माया प्रीति जातपातको, तराजुमा जोखिदैछ,

भन तिम्ले कँहा निर समस्याको हल लेख्यौ!!


मानवता बन्धकिमा, परेपछि मर्छ मान्छे,

बचाउने ईच्छाहरु, न त मल जल लेख्यौ!!


बाबा आमा कर्म दिँदा, के सम्झौता गर्यौ कुन्नि,

बाटो मुनि फूल्ने फल्ने, फूल अनि फल लेख्यौ!!


दीप मिलन



अनायासै रमाउन खोज्नु,गल्ती मेरै रैछ

उन्कै हात समाउन खोज्नु,गल्ती मेरै रैछ


मलाई लाग्थ्यो उनी केवल मात्र मेरी हुन

हैकम उन्मा जमाउन खोज्नु,गल्ती मेरै रैछ


अन्तै पो रहेछ चाह गिध्ये नजर मात्र म मा

जवर्जस्त माया थमाउन खोज्नु,गल्ती मेरै रैछ


लाग्थ्यो उन्को लागी जे पनि गर्न सक्छु म

उन्कै खातिर कमाउन खोज्नु,गल्ती मेरै रैछ




~!~शुभ पल~!~

रोहित राना



अचेल चराहरुले प्रेम गर्छन्...!!

अनि भमराहरुले प्रेम गर्छन्..!!


यो सरद ऋतुमा नजाने किन हो..

छाँगा छहराहरुले प्रेम गर्छन्..!!


प्रियालाई एक चिम्टी शिन्दुर सुम्पे देखी..

मलाई अप्सराहरुले प्रेम गर्छन्..!!


यादमा सिरानी निर्थुक्क भिज्दछ..

र पनि बिस्तराहरुले प्रेम गर्छन्..!!


यहाँ मायाको मौसम चलि रहेछ..

अनेकौ 'निर्झरा'हरुले प्रेम गर्छन्..!!


लक्ष्मण 'मिलन' विष्ट



काँडा बदला दिन्छु फुल उपहार लैजाऊ।

आज सम्म गरेको भुल उपहार लैजाऊ॥


हुन्छौ भने सफल तिमी रित्ताएर मलाई।

जंघार मैले तर्ने पुल उपहार लैजाऊ॥


खुसी सारा लुट्यौ आखिर के दिऊ तिमिलाई।

हासो बदला आँशु मुल उपहार लैजाऊ॥


बाचा तोड्यौ यात्रा मोड्यौ सहयात्री बन्नु छैन।

गरेथ्यौ त्यो फिर्ता कबुल उपहार लैजाऊ॥


तयार पारें तिम्रा लागी यो एउटा गजल।

भावनाका शब्द हुल उपहार लैजाऊ॥


कृष्ण पौड्याल



फाटेको मन सीलाउने केही खोज्दैछु म!

छुटेको त्यो मिलाउने ,,केही खोज्दैछु म!


लोप हुँदै गैरहेछ ,,हाम्रो धर्म र संस्कृति!

विकृतिलाई जीलाउने ,केही खोज्दैछु म!


अशांतिले बास गर्यो ,मेरो नेपाल देशमा!

शांति फूल खिलाउने ,केही खोज्दैछु म!


लाज सरम मेटी सके आत्मा पनी मारेर!

त्यही शिक्षा दिलाउने ,,केही खोज्दैछु म!


पापी किन बनायौ सोध्छु भेटी ईश्वरलाई!

अमृत बाणी पिलाउने ,,केही खोज्दैछु म!


आविष्कार गर्नेछु"म"अब यस्तो चीजको!

झुटो बोल्दा चिलाउने ,,,केही खोज्दैछु म!


कृष्ण मानव खड्का



उसले मलाई गाली दियो !

म सोचमा परें ताली दियो !!


मधुशालाको कथा यस्तै हो ,

बिल मै तिर टाली दियो !!


साहूजी पनि त जाली रै'छ ,

पुरानो बिल'नि हाली दियो !!


तीन महिना भो नातिरेको,

हजूर! यसै पली दियो !!


रतनेको पारो तात्यो ,

घोक्रयाएर फालि दियो !!

 

रतन बी.क 



एउटा छुट्टै सँसार देउ भगवान॥

हर्षले बाँच्ने आधार देउ भगवान॥


बेसाहारा भएर रोडमा सुत्नेलाई ॥

सानो झुप्रो घरबार देउ भगवान॥


निसन्तान हुनेहरु रुँदैछन यहाँ॥

सुखी सानो परिवार देउ भगवान॥


यो पैसाको खेती गर्ने शोसक हरुको ॥

बिनाश गर्ने बिचार देउ भगवान॥


बरदान हुनेछ जिन्दगीको अमुल्य॥

सबैलाई उपहार देउ भगवान॥


"अभागी"मुकेश रेउले



संसार त्यागी मर्नु अनि बाँच्नु तिम्रो बसमा छैन

पिर भारी बिसाएर हाँस्नु तिम्रो बसमा छैन !!


पिर अनि खुशीयाली, थुंगा थुंगा छरिएका

एउटै माला बनाएर गाँस्नु तिम्रो बसमा छैन !!


समयले नचाउँछ सासँ बाँकी रहुन्जेल

तालमा ताल मिलाएर नाँच्नु तिम्रो बसमा छैन !!


कैले खोल्छ बाटो यही, कैले बन्छ अवरोध

गाँसिएको नाताहरू भाँच्नु तिम्रो बसमा छैन !!


आँधिबेहरी चल्छ यहाँ ओइलाई जान्छ आशको मुना

पलाउँछ फेरी पनि मास्नु तिम्रो बसमा छैन !!!


संगिता कार्की "बिरहि"



कतिले बहिस्कार गर्छन्..!!

कतिले नमस्कार गर्छन्..!!


लुटेर मुटुको स्वास्-प्रस्वास..

कसैले तिरस्कार गर्छन्..!!


भाव गजलको नबुझी यहाँ..

पैसालाई पुरस्कार गर्छन्..!!


वस्तिमा सडकमा सदनमा..

कुकुरले चमत्कार गर्छन्..!!


बाङ्डोर मुलुकको समाल्दै..

जे गर्छन् गजलकार गर्छन्..!!


लक्ष्मण मिलन विष्ट



साहसी भै साँझ पख हात गोडा खिउँला भन्थें ।।

आफ्नै दुख लुकाएर सारा खुशी दिउँला भन्थें ।।


छाती माथी रगतले नाम कोर्दै देशको निम्ती ।

भ्याकुर र गीठा खाई छाक टारी जिउँला भन्थें।।


सजाको छु कात्रो सरी एक पाउ शरीर ढाक्ने ।

टालाटुली लाको भोटो फाटे आफै सिउँला भन्थें।।


हाँस्दै खेल्दै मोहनीले चाहना त्यो बाँधेर फेरी ।

तिम्रो सारा जिन्दगीनै बन्धकीमा लिउँला भन्थें।।


बेदनामा कति बस्नु रात भरी छाती यो पोल्दा।

जिन्दगीको पिडा भुल्न सधै नशा पिउँला भन्थें।।


अतित लिङ्देन ( सुब्बा )



किन होला नैतिकता हराएछ साथी ?

अधमदेखि दैव पनि डराएछ साथी


अरुको मन दुखाउनु राम्रो कुरा होइन

दिमागले कसरी यो अह्राएछ साथी ?


झुक्काउने, छकाउने, जाल झेल गर्ने

बिचारले ठूलो गल्ति गराएछ साथी


साँचो माया तोडिदैन बाँच्छ निरन्तर

कसले होला झूठोमाया भराएछ साथी


स्याललाई रङ्गाएर बाघ हुने होइन

असत्यले धेरै तल झराएछ साथी


वास्तविकता खुलेपछि पीडा हुने धेरै

यसैले नै चोखो मन मराएछ साथी 


कोमल भट्ट,काठमाडौँ



तिम्रो मेरो साथ अब छुटेकै छ जाती

शिसा सरी हाम्रो मायाँ फुटेकै छ जती


दही चिउरे तिम्रो माया चाहिंदैन अब

पराई सँग तिम्रो नाता जुटेकै छ जाती


भँमरा झै रस चुस्दै हिंड्ने तिम्रो बानी

दुनियाँ ले यौबन तिम्रो लुटेकै छ जाती


यो मायाँको बन्धन अब अन्तै जोडे पछी

सम्बन्ध को हाम्रो डोरी टुटेकै छ जाती


सम्झिएर मेरो मायाँ रुदै रुदै हिंड्छौ रे

नियती ले चुट्नु सम्म चुटेकै छ जाती


राजु चालिसे "बिछोड"



चन्द्रमामा पनि आज दाग देखें मैले

चाँद माथि छिर्के मिर्के भाग देखें मैले


कर्तव्यले होकी खै के बिचलित नभै

अनगिन्ती धैर्यताको राग देखें मैले


...बर्मा गए कर्म संगै भन्थे बुढा पाका

लाखौं तारा बीच उस्कै माग देखें मैले


नियतिको अघि कस्को के लाग्थ्यो र कठै

हेर्दा हेर्दै दाग् धब्बाको खाग देखें मैले


जति हेर्यो उति दिब्य प्रेणादायी ज्योति

र त मणि जडित उस्मा नाग देखें मैले


बिबेकशील भर हो कि संयमता उस्मा

हाँगो पात डाली नभै बाग देखें मैले


अश्मि जी.यम



आफ्नै हुकुमत, चलाएर गयौ॥

गाउँ बस्ति सारा, जलाएर गयौ॥


अपमान भाको, सहन नसकी॥

निर्दोष मानव, ढलाएर गयौ॥


सही मार्ग दीशा, पछ्याउने लाई

कुलत बिषादी, दलाएर गयौ॥


हिँसात्मक बन्ने, झगडाको बिउँ॥

मान्छे मान्छे बिच, फलाएर गयौ॥


अपराध गर्न, माहिर रहेछौ॥

सबै सबैलाई, छलाएर गयौ॥


"अभागी"मुकेश रेउले



तिम्ले टेक्ने धर्ती अनि मैले टेक्ने वेग्लै भो की

ऐउटै छ त आकाश हेर तिम्ले देख्ने वेग्लै भो की ।


कुल्चिएर गयौ किन ? अल्झिरहे दोसाँधमा

समयसंगै जिन्दगीको घाउ सेक्ने वेग्लै भो की ।


प्वाँख लाग्यो रहर बढ्यो मेरो आकाश सानो भयो

फूल फुल्दा बँगैचामा संसार थेग्ने वेग्लै भो की ।


एउटै भन्छन् सबैजना हाम्रो भाग्य लेख्ने देउता

तर किन लाग्छ मलाई भाग्य लेख्ने वेग्लै भो की ।


दिएकै हो सारा जीवन गम्भिर किन ? मुहार फेरी

आज कि त जिन्दगीमा घाम छेक्ने वेग्लै भो की ।


टि. बि. सागर



कि वार कि भने पार हुनै पर्छ।

कि माया कि तिरस्कार हुनै पर्छ।


सुरु भो खेल बिचैमा नछोड,

विजय अथवा हार हुनै पर्छ।


भुत्ते भएको भए नलाग्नु पर्ने घाउ,

या तिखो थियो या धार हुनै पर्छ।


कति बस्ने झगडा गरेरै सिमानामा,

कि त खुला नत्र बार हुनै पर्छ।


राज क्षेत्री राहुल



अधूरो यो सपना साँची ढल्किदै छ जीवन,

हर रात तनाव भित्र सल्कदै छ जीवन।


बसन्तको याम थियो बेतोड उनको साथ,

साथ आज पराय भयो खल्कदै छ जीवन।


कर्कलाको पात माथि ढलपलाउने थोपा झैं,

विहानीको सित सरी टल्किदै छ जीवन।


जीन्दगीको घैंलाहरु रसाएर आँधा हुदा,

आधा घंइला पानी जस्तै छल्किदै छ जीवन।


बाटो मुनी फूल झै अलग रहि बस्दा आज,

एकान्तमा आँशु बगाई बल्झिदै छ जीवन।


न त वारी रहन सकें न त पारी तर्नै सकें,

घर न घात बनि मेरो अल्झिदै छ जीवन।


बिमल पहराई



कायम छ देश बेच्ने, लाम अझै सडकमा!

पुकारेर सहिदको, नाम अझै सडकमा!!


कत्ति लाज नभएका ,बगँचाको मालिहरु,

थुक्क तिमि कति गर्छौ, जाम अझै सडकमा!!


नेता मात्र दोषि कहाँ, छ र हाम्रो नेपालको?

भेडा जस्ता जनता, बेकाम अझै सडकमा!!


कुर्सिको रुप धरेर, गोरु एक के मरे थ्यो,

लुछिराछ गिद्धहरु, सुभ साम सडकमा!!


न पुर्ति न सुनुवाई, छरिदैछ यत्रतत्र,

मागै माग भरिएको, खाम अझै सडकमा!


दीप मिलन



कि त सरकार दोषी हुनु पर्छ..!!

नत्र अखबार दोषी हुनु पर्छ..!!


त्यस्सै मिडियामा हल्ला किन चल्थ्यो..

सायद पत्रकार दोषी हुनु पर्छ..!!


हाम्रो मायाको पर्दा उग्रिनुमा..

प्रकाशित समचार दोषी हुनु पर्छ..!!


नियम गजलको भिन्न-भिन्नै देखीनुमा..

भुतपुर्व गजलकार दोषी हुनु पर्छ..!!


नारी चुलामा बन्दगी पार्ने यौटा..

रुढिवादी कुसँस्कार दोषी हुनु पर्छ..!!


(लक्ष्मण मिलन विष्ट)



नैतिक शिक्षाको भारि खोज्दैछु

फलाउन बिज्ञान बारी खोज्दैछु


खोजें आकाशमा खोजें समुन्द्रमा

पृथिवी भरि पनि चहारी खोज्दैछु


पाखा पखेरो नदि नाला जताततै

कैले वारि त कैले पारि खोज्दैछु


भेटिनु पर्ने विद्वानसंगै विध्या पनि

भोकप्यास आफैमा मारी खोज्दैछु


असल मित्र भेटे नि चालचलन उस्तै

राम जस्तै मैले आज्ञाकारी खोज्दैछु


~!~शुभ पल~!~

रोहित राना



फुर्सद-फुर्सदमा, गजल बनाउँछु॥

शब्द जोडी चिटिक्क, महल बनाउँछु॥


केही दिन प्रतिक्षा, गर्नुस साथी भाई॥

कसम यो हृदय, अटल बनाउँछु॥


धर्तिमै साहित्यको, वर्षात बर्साउने॥

मोफसलमा कालो, बादल बनाउँछु॥


हुँ "अभागी" म पक्कै, दुई मत् छैन यहाँ॥

रचना चोर्नेलाई, असल बनाउँछु॥


अचम्मित् भएको छु, फेरी कसले भन्यो....?

गजल सुनाएर, पागल बनाउँछु॥


"अभागी"मुकेश रेउले



दु:खको पहाड, ढालेरै छोड्छु |

खुशीको दियो, बालेरै छोड्छु |


भेटिउन जस्तै, अप्ठ्यारा बाटा ,

यी पाईला त्यहाँ, चालेरै छोड्छु |


परिश्रम गर्छु, पसिना रोप्छु ,

त्यो कठोर चट्टान, गालेरै छोड्छु |


हो फाट्यो मुटु, धोकाले हिजो ,

साहस जुटाई, टालेरै छोड्छु |


जिउँनेछु हाँस्दै, दुनियाँ माँझ ,

सुखले जीवन, पालेरै छोड्छु |


टिका खड्का (राष्ट्रप्रेमी)



दुई किनार भयौँ हामी , भेट्न सकिन ।

याद बनी मनमा रह्यौ , मेट्न सकिन ।।


छाती पोल्छ मुटु जल्छ , सहुँ कसरी ।

मर्न भनी आफ्नो गला , रेट्न सकिन ।।


गोरो रुप चिप्लो बोली , चाल कपटी ।

मुहार हेरी मनको कालो ,देख्न सकिन ।।


झर्यो आशुँ भिज्यो गह , गयो सुकेर ।

आशुँले नै मेरो ब्यथा , लेख्न सकिन ।।


दीर्घ क्षत्री विवश



दु:ख लाग्छ पिडा हुन्छ मुटु भाचिदैन ,

पिडा धेरै भए मर्छ साच्चै बाचिदैन ।


सुन चाँदि हिरा मोति सक्छौ जोगाउन ,

बहकिने मन भित्र माया साचिदैन ।


नभन है थपडिमै सबै नाच्न थाल्छन् ।

सुर ताल अनि सगिंत बिना नाचिदैन ।


व्यबहारले देखाउछ तिम्रा सारा कुरा,

डाक्टरले बिरामी झै बिश्वास जाचिदैन ।


शान्ति अधिकारी



ओत कहाँ लाग्ने होला घरको छानो चुँदा खेरी।

उस्तै देख्छु व्यथा हरु आँशुले पिडा धुँदा खेरी।।


बन पाखा सुन्य लाग्छ बिहानी पख सित संगै।

चर्कि दिन्छ छाती मेरो न्याउली चरी रुँदा खेरी।।


भाग्य लाई छली कतै समय जब भागी दिन्छ ।

भेट्न मन लाग्छ अनि प्रियसी टाढा हुँदा खेरी ।।


खोजी हिड्छु तिमी लाई अँधेरी रात भए पछी ।

आँखा मेरो रसाउँछ ..तस्विर तिम्रो छुँदा खेरी ।।


अतित लिङ्देन ( सुब्बा )



जुन र तारा के चाहियो मलाई तिमि भए पछी

दुनिया सारा के चाहियो मलाई तिमि भए पछी


तिमी भित्र एस्तो जादु भेटाउछु प्यास नै हराउछ

पानीको धारा के चाहियो मलाई तिमि भए पछी


उमंग हेर यो त्यसै मौलाउछ हरेक .. वसन्तमा

मयुरे पारा के चाहियो मलाई ...तिमि भए पछी


हो स्वास तिमि हौ जिन्दगि तिमि हौ भबिष्य नै तिमि

अरु साहारा के चाहियो मलाई ..तिमि भए पछी


 खकेन्द्र साउद समर्पण



घाँटी हेरि हाड निले त, दशैँ दशा हुन्थ्यो किन?

ॠणै ॠणमा च्यापिएर, मान्छे यँहा रुन्थ्यो किन??


सँस्कारलाई सँस्कारकै, रुपमा नै मान्न सके,

बिकृती र बिसङ्गतले जताततै छुन्थ्यो किन??


देखा सिकि बन्द गरेर, आफु सक्दो बनाएत,

चोरि डकैत यि यावतको, समाचार सुन्थ्यो किन??


महङ्गिले आकाशलाई, चुम्न हतार नगरेमा,

हुँदा खने असक्षमले, मृत्युलाई चुन्थ्यो किन??


माथिबाट सहयोगको, त्यस्तो कुनै काम भए,

अराजक र अशान्तले, यँहा जाल बुन्थ्यो किन??


दीप मिलन



धड्कन चल्दैछ, अबेर नगर॥

यो रात ढल्दैछ, अबेर नगर॥


जुनेली किरण, तुसारो पातले॥

शरीर गल्दैछ, अबेर नगर॥


भक्कानी आएको,तरङ्गित् प्यासले॥

जवानी फल्दैछ, अबेर नगर॥


बाँधी राख्छु अब, आउ अँगालोमा॥

समय छल्दैछ, अबेर नगर॥


चम्किलो आभास, दिलाउने बत्ति॥

मधुरो जल्दैछ, अबेर नगर॥


"अभागी"मुकेश रेउले



पिरतीको संसारमा झुम्ने भए आए हुन्छ!

अजम्बरी रम्न चोखो मायाँ प्रिती लाए हुन्छ!


ढुकढुकीको चाल संगै लठ्ठीएर बेहाल भै

नसा भित्र तरंगित भै मिठो गीत गाए हुन्छ!!


...आकाशको जुन तारा बनाएर फिक्का सारा

इन्द्रेणीको सातै रंग बनि म मा छाए हुन्छ!!


हुन्छौ भने समर्पित दुनिया यो भुलाएर

संगै जुनी काटने छु म हृदयमा दाए हुन्छ!!


नांगै आयौं नांगै जान्छौं के गर्नु खै हिरा मोति

लोभ मोह स्वार्थ त्यागि संगै बाँच्न पाए हुन्छ!!

 

Asmi G.M



तिम्रो दिलको फुलबारीमा बहार बनि छाउन सकीन

सुरताल थियो गज़लका धुन बनाइ गाउन सकिन


सागर भन्दा गहिरो मनभरि तिम्रै माया थियो

भाग्य खोटो रहेछ मेरो तिमिलाइ पाउन सकिन


कस्को नज़र लाग्यो कुन्नि हाम्रो माया प्रेममा

माया थियो मुटू भरि तर तिमिलाइ सजाउन सकिन


समयको भेल बाढीले य़ाहा भत्कायो मन्को बाटॊ

बाचा गरे तर तिमी आउने गोरेटोमा धाउन सकिन्


नियतिको खेलले भत्काएछ सबै सपनहरु हाम्रो

खुसीक़ॊ पलमा तिमिलाइ बधाइ दिन आउन सकिन

.

शेर्पिनि कान्छि



कसैको दशै धुमधाम हुन्छ ।।

कसैको दशैं शुनसान हुन्छ ।।


हुनेहरु कै हो भगवान पनि

नत नहुनेको भगवान हुन्छ ।।


छाक टार्न काम गर्नै पर्छ

नत राम्रो खानपान हुन्छ ।।


नगरे पुजा रिसाउला देउता

नत पुजाकै सामान हुन्छ ।।


आफन्छ कोहि विदेशमा होलान्

नेपालमा रुदै जाहान हुन्छ ।।

राम शरण श्रेष्ठ



आउ संसार मा ज्ञानको ज्योति छर्ने"मान्छे बनौं"

गरीब अनी निमुखाको ,,दुःख हर्ने"मान्छे बनौं"


छाहारी भै मधुर शीतल दिन जान्नु पर्छ यहाँ!

दियो झैं आफु जली ,,उज्यालो भर्ने"मान्छे बनौं"


निस्वार्थ मन खोजी रहेछु म वीर गोर्खालीमा!

देशको लागी स्वर्ग हैन नर्क झर्ने"मान्छे बनौं"


आफ्नो लागी त पशुपनी बाँचेका हुन्छन भने!

मानवता छभने कहीं अरुप्रति मर्ने"मान्छे बनौं"


सबै भन्दा महान मित्रतामा कृष्ण सुदामा झैं!

तिम्रो त्यो सबै थोक समर्पित गर्ने"मान्छे बनौं"


कृष्ण मानव खड्का



नरुझेको तनलाई रुझाएर जान्छ याद !

नदुखेको मनलाई दुखाएर जान्छ याद


नैराश्यता उम्लिएर बाफले झैँ पोली दिंदा

नझुकेको शिरलाई झुकाएर जान्छ याद


बिछोडमा विश्वाशको तुवालो नै फाटे पछी

नसुकेको धारोलाई सुकाएर जान्छ याद


बन्धनका पोयाहरु खुकुलिदा जताततै

नटुटेको नातालाई टुटाएर जान्छ याद


बाध्यताका कसीहरु गर्जिएर साथ लाग्दा

नलुटेको कर्मलाई लुटाएर जान्छ याद

~~~**गरुवाली तारा** ~~~~



शिला शिलाको धरातल खोज्दैछु म॥

सँसार जित्ने ठुलो बल खोज्दैछु म॥


अझै अडिन छ जातिय भेदभाव॥

पखाल्न लाई शुध्द जल खोज्दैछु म॥


किन? तिमी अबुज बनि प्रश्न गर्छौ॥

जिन्दगीको मिठास पल खोज्दैछु म॥


यहाँ सहनेको जमात धेरै भयो॥

प्रतिबादको सानो दल खोज्दैछु म॥


रमणिय हरियो सुनसान ठाउँ॥

साहित्य स्रिजनाको स्थल खोज्दैछु म॥


"अभागी"मुकेश रेउले



लाख विन्ती गरें, रोषमा खै गरें

रै छ ढुङ्गे मनै, आज भैंमा झरेँ ।


तिर्सनामा रुझेँ, शून्यतामा दुखेँ

आज हारेँ सबै, आज ज्यूँदै मरें ।


छैन क्या हो बरै, यो खुशी भाग्यमा

भाग्य कै खेल यो, आज खोली तरें


रै छ संसार यो, निष्ठुरीको थलो

होस सारा गुम्यो, मुर्च्छनामा दरेँ ।

बल्ल पो चेत यो, आज भोग्दा खुल्यो

खोट भो प्रीतमा, ब्यर्थ झोली भरेँ ।

दोष कस्को थियो, प्यास ज्यूँदै थियो

बाँच्न गाह्रो भयो, आज एक्लै परें

टि. बि. सागर



यदी तिमी माग्छौ भने, खुन दिन तयार छु ।

आकाशको तारा हैन , जुन दिन तयार छु ।।


तिमी मेरो जिन्दगीमा साथ दिन आयौ भने,

जुनि जुनि नबिर्सने, गुन दिन तयार छु ।।


हर पल खुशी बाड्दै तिम्रो दिल्मा शान्ति छर्न,

पिरतिका मिठा मिठा धुन दिन तयार छु ।।


धातुले नै नारीलाइ शोभा दिन्छ भन्छौ भने,

पित्तलका कुरा छोड, सुन दिन तयार छु ।।


'निर्दोषी'को दिल चोरी आफ्नो मान्छे बन्ने भए,

दुबै मुटु गाँठो पार्ने , उन दिन तयार छु ।।


रत्न शमशेर थापा 'निर्दोषी'



जमरा र आशिर्बादको, सार मिलोस यो दशैँमा!

हत्या हिंसा अराजकको, पार मिलोस यो दशैँमा!


थाल भरि टीका सुकाई, प्रदेशिलाई कुरि बस्ने,

बा आमालाई चयनको, भार मिलोस यो दशैँमा!!


हुँदा खाने र हुने खाने, बिचको यो असमानता,

समयको जन्जीरलाई, हार मिलोस यो दशैँमा!!


बिखण्डनको बाटो रोज्ने,हाम्रो देशको शासकमा!!

एकता र सदभावको, धार मिलोस यो दशैँमा!!


जनताको आदेशलाई, लालचामा कैद पारेर,

रमाउनेलाई भवानिको,तार मिलोस यो दशैँमा!!


बिजया दशमि २०७९ सालको हार्दीक शूभकामना ब्यक्त गर्दछु।


हेमन्त उपाध्याय


वियोगमा टुक्रेका मुटु ति बटुल्ने बानी छ..।

मायाको बद्लामा चोटहरु असुल्ने बानी छ..।


फक्रेर झर्नु पर्छ विधिको विधान पक्कै,

तै पनि केवल अरुकै लागि फुल्ने बानी छ..।


अझै पनि दोधारमा राख कति राख्न सक्छौ,

वर्षौ देखि नै अतृप्त आशामा झुल्ने बानी छ..।


भो नलाग पछि,स्वयम बर्बाद हुनेछौ तिमि,

विना लक्ष्यको अपार गन्तव्य डुल्ने बानी छ..।


भनोस दुनियाले जे-जे,आफ्नो त एउटै,

गजलका मिठा सेरहरुमा घुल्ने बानी छ..।


राज क्षेत्री राहुल



मात्र गजलकार भएँ, तिम्रै कारणले

जितेर पनि हार भएँ, तिम्रै कारणले


लाग्थ्यो यो संसार,तिम्रो अनि मेरो हो

तर आज कुलंगार भएँ,तिम्रै कारणले


न समुन्द्र तरें जिन्दगीको,न त नदि नै

आज न वार न पार भएँ,तिम्रै कारणले


आखिर यात्रा अन्तै,मोड्यो जिन्दगीले

फ्याँकिएको हतियार भएँ,तिम्रै कारणले


खै कसरि जिउनु,यस्तो लाचारी जीवन

पृथिवीलाइ नै भार भएँ, तिम्रै कारणले

हेमन्त उपाध्याय



ठगी खाने तिम्रो दया चाहिदैन काँईला साहु,

पुस्तौ पुस्ता दलाउन पाईदैन काँईला साहु ।


हलो जुवा बोकि हिड गाउ बेसी खेती लाउन,

तिम्रो गोदम भर्न दाई लाईदैन काँईला साहु ।


गरीबलाई दु ख दिदै घरैबाट खेदै हिजो ,

तिम्लाई दु ख पर्दा पनि आईदैन काँईला साहु ।


पौरख छ पाखुरीमा बालबच्चा पाल्न सक्छौ,

सामन्तिको भजन अब गाईदैन काँईला साहु ।


गरेकै हो शोषण त बाध्यताले सहेका थ्यौ ,

टोपि खोलि पाउ ढोग्न धाईदैन काँईला साहु ।


शान्ति अधिकारी



गाँउ घर सम्झे मन रुन्छ परदेशीको

दसैं पनी दशा जस्तै हुन्छ परदेशीको|१|


मालश्रीको धुन बज्दा आँखा रसाएर

आँखा बाट अश्रुधारा चुन्छ परदेशीको|२|


आँशुको त आहालै छ दह पसिनाको

मनको मैलो पसिनाले धुन्छ परदेशीको|३|


उजेलीको साथी काम दिनै भरी उस्को

अंधेरीमा मात्र साथी जुन छ परदेशीको|४|


बेदनाका पोका हरु आफ्ना आफ्नै यहाँ

बिरहको कथा कस्ले सुन्छ परदेशीको|५|


जीतु खड्का गाँउले



जलि उडे स्वप्न मेरा, बादल बनिगए |

परेलीमै सुके आँसु , न भल बनिगए |


सँगै जिउँछु मर्छु भन्थ्यौ, हिजो सम्म तिमी ,

तिम्रा बाचा झुटो प्रेमको, नक्कल बनिगए |


बल्झी रन्छन् ती पुराना, घाऊ छातीभित्र ,

मेरा दु:ख झल्काई राख्ने, आँचल बनिगए |


चुम्छौँ भन्थे रहरहरु, लक्ष्य जिन्दगीका ,

कर्म आफ्नै खोटी हुँदा, विफल बनिगए |


रुँदै थिए शब्दहरु, म रोएको देखी ,

हेर तिनै शब्द मेरा, गजल बनिगए |


टिका खड्का (राष्ट्रप्रेमी)



ईश्वरको वरदान भने कतिले...!

प्रेमको पहिचान भने कतिले...!!


तिमीलाई मेरो बाहुमा देखे पछि...

श्रीमती श्रीमान भने कतिले...!!


शिँहदरबार तिर औँला देखाउदै..

भष्टचारको दोकान भने कतिले..!!


शहिदको देश बुद्दको जन्मथलो..

रक्ताम्य मैदान भने कतिले..!!


मुर्ख, कालिदास उपमा पाए पछि...

सस्कृतका विद्दुवान भने कतिले..!!


मेरो चञ्चलपन् नबुझे पछि...

'मिलनलाई' वैमान भने कतिले..!!

 

लक्ष्मण 'मिलन' विष्ट



छाती पोल्दै बेदनाको,,आगो बली रह्यो

ब्यथा झनै बढ्दै जाँदा,मुटु जली रह्यो||


ओत लाग्ने शितल दिने,भरोसाको छानो

घातै घातले मक्किएर,आफै ढली रह्यो||


आधा गाग्री पानी जस्तो,छल्किएर खुसी

पोखिएर मनै भरी,बिस्मात फली रह्यो||


दुई दिने चोला आखिर,भाच्न लाई होला

जिन्दगीमा बेदना को,आँधी चली रह्यो||


सहारा को भिख माग्दै,हात थाप्दा पनि

भोली भन्दै दैव ले नि,सदा छली रह्यो||


योगेन ढोलि



शान्त परिवेश, शहरमा हुनु पर्छ॥

दुर्गन्धित बस्तु. नहरमा हुनु पर्छ॥


जहाँ पुगे पनी, एउटा न एउटा त॥

हरेक मानव, रहरमा हुनु पर्छ॥


बिगत सम्झिदै, किन टोलाउँदै बस्नु॥

अब रमाईलो, प्रहरमा हुनु पर्छ॥


हाँस्दै बाँच्नलाई, यो चेतनशील प्राणी॥

सँधै सत्यताको, ठहरमा हुनु पर्छ॥


गजलगो हरु, भन्दैछन सुन्नुहोस॥

सबैको गजल, बहरमा हुनु पर्छ॥


"अभागी"मुकेश रेउले



घुमी फिरी फेरी दशै आगनीमा आउदाँ आमा

हाम्रो घरमा पिरै होला अन्त खुशी छाउदाँ आमा


फाटेको तिम्रो चोली फेर्न पाईन अहिले पनि

रहर होला तिम्रो पनि सबले राम्रो लाउदाँ आमा


टोलाउदी हौ डिल बसी मलाई नै सम्झिएर

डाली बसी न्याउलीले बिरही गित गाउदाँ आमा


म आफु त भक्कानिन्छु कस्तो होला हजुरलाई

आउदैन रे छोरो घरमा भन्ने खबर पाउदाँ आमा ॥


प्रकाश  अज्नबी



पछि भेटौला आज हतारमा छु।

माफ गर्नुहोला म व्यापारमा छु।


सुन्दा दङ्ग पछौ,तर यथार्थ यहि हो,

तन मन बेचिने बजारमा छु।


नाफाको छैन आश एक रति पनि,

माया मन्दिकै त्यो हाहाकारमा छु।


जितेर हुन्छ कि हारेर ठुलै दाउ,

आफ्नै पोल्टो पार्ने सुरसारमा छु।


लिलामि भो यौवन महङ्गो तर,

बेच्ने कि नबेच्ने म दोधारमा छु।


राज क्षेत्री राहुल



हुनेलाई यहाँ,माला’माल भाछ दशैं

नहुनेलाई कठै!अनि’काल भाछ दशैं


हिजो निशब्द थियो,गल्ली-सडकहरु

आज हेर कस्तो,कोला’हाल भाछ दशैं


धनिकै लागि मात्र,रहेछ यो दशैं त

गरिबलाई अग्लो,पर्खाल भाछ दशैं 


कस्ले पो बुझ्छर,गरिबको पीड़ा यहाँ

बोझ माथि बोझ, यो चाल भाछ दशैं


सबैकोमा चीची-पापा,पाक्दै छ होला

मेरो भने रित्तो-रित्तो, थाल भाछ दशैं


~!~शुभ पल~!~

रोहित राना 



मान्छे काट्मार नै मन पार्छ किन अचेल,

मान्छे कोपिलामै फूल झार्छ किन अचेल!


--मन-मन एउटै हो किन दुखाउनु र?

मान्छे आफ्नैलाई घात गर्छ किन अचेल!


जन्मे पछि मृत्यु त निश्चित छ नि आखिर,

मान्छे यहाँ मान्छेलाई मार्छ किन अचेल!


मरे ढुङ्गा माटो हो मिली बसाउ समाज,

मान्छे छिमेकमा बोली बार्छ किन अचेल!


आफ्नै घर यो विरानो बनाई शहरमा,

मान्छे छिनमै बसाइ सार्छ किन अचेल!

हेमन्त उपाध्याय



खेल सम्झी मुटु सँग खेल्यौ किन?

दुःख अनी पीड़ा माँझ ठेल्यौ किन?


माया हैन जवानीको भेल हो तिम्रो!

भन्दा भन्दै जबर्जस्ती पेल्यौ किन?


दुई दिनमै रफूचक्कर हुनु थियो त!

फेरी झूटो मायाजालमा जेल्यौ किन?


आखिर छोड़ी जानूनै रैछ धन पछि!

केही दीन गरीबी पीठो बेल्यौ किन?


कृष्ण मानव खड्का



हिजो अस्तिको कहानी सुनाउछु..!!

मोज मस्तिको कहानी सुनाउछु..!!


आए गए धेरैले दिल दुखाएर..

कस्ति कस्तिको कहानी सुनाउछु..!!


मैले रातमा प्रियालाई भन्ने गर्छु..

तिमी जस्तिको कहानी सुनाउछु..!!


हेर्दै जाउ सिंहदरबार अगाडी म..

झुप्रा बस्तिको कहानी सुनाउछु..!!


जल्यो जलायो घर भरौटे सेनाले..

दन्द र गस्तीको कहानी सुनाउछु..!!


यहाँ पैसा छरेर गजलकार भा छन्..

त्यस्ता हस्तिको कहानी सुनाउछु..!!


लक्ष्मण 'मिलन' विष्ट



मन त्यो चोरेको आरोप छ म माथि..।

मुटु नै टोडेको आरोप छ म माथि..।


रोप्दै नरोपेको त्यो विश्वासको,

विरुवा गोडेको आरोप छ म माथि..।


अदृष्य तर सपनामै ठडिएको,

महल फोडेको आरोप छ म माथि..।


चल्दै'थे पाईला तर बिचैमा उनको,

गन्तव्य मोडेको आरोप छ म माथि..।


कल्पनामै लेख्छु तर उल्टो उनैको नाममा,

गजल कोरेको आरोप छ म माथि..।


राज क्षेत्री राहुल



मानवको आत्मालाई देख्न सक्छौ तिमी।

चिरा चिरा घाउ लाई सेक्न सक्छौ तिमी।१।


अशक्त जो मान्छे हरु खोजि खोजि आज।

झुपडी का कथा हरु लेख्न सक्छौ तिमी।२।


बिपत्ति मा बस्ति पुगि ,रोकी रोकी भेल ।

बाडि पैरो हावा पानी छेक्न सक्छौ तिमी।३।


शहर मा बसि बसि ,,किन कुरा ठुला ।

गाउँ पस हिलोलाई टेक्न सक्छौ तिमी ।४।


खुट्टा तान्दै रमाउने ,,मानव को चाला ।

बुझेकोछु निर्दालाई नेक्न सक्छौ तिमी ।५।


प्रकाशमणि खनाल



के सुन्छौ सहरी दाउको कथा!

जहाज हाँक्नेले नाउको कथा!


मान्छेको खुनले रंगिन्छौ तिमी

होलि यो बिशेष फाउको कथा!!


...बेचेर अस्तित्व पैसाको लागि

हावामा उँड़नेले पाउको कथा!!


बलिको बोका झैं रेट्नेले गला

मुटुमा लागेको घाउको कथा!!


जननी आँशुमा डूबाइ छाड्यौ

अब यो नाजुक बाउको कथा!!


सित्तैमा लुटेर खानेले व्यर्थै

के गर्छौ जानेर भाउको कथा!!


Asmi GM



काँडा बदला दिन्छु फुल उपहार लैजाऊ।

आज सम्म गरेको भुल उपहार लैजाऊ॥


हुन्छौ भने सफल तिमी रित्ताएर मलाई।

जंघार मैले तर्ने पुल उपहार लैजाऊ॥


खुसी सारा लुट्यौ आखिर के दिऊ तिमिलाई।

हासो बदला आँशु मुल उपहार लैजाऊ॥


बाचा तोड्यौ यात्रा मोड्यौ सहयात्री बन्नु छैन।

गरेथ्यौ त्यो फिर्ता कबुल उपहार लैजाऊ॥


तयार पारें तिम्रा लागी यो एउटा गजल।

भावनाका शब्द हुल उपहार लैजाऊ॥


कृष्ण पौड्याल



कामना तिमीलाई फूलै फूलको बहार मिलोस!

स्वर्ग भन्दा सुन्धर तिमी लाई संसार मिलोस!


मेरो के छ दुईचार दिनको पहुना अरु के चाहुँ!

प्रगतिले कदम चूमुन खुसीहरु अपार मिलोस!


माया,प्रेम,खुसी दिन्थें सकेसम्म खानलाऊँन!

केही छैन झुपडी छोड्यौ ,ठुलो दरबार मिलोस!


माया प्रेममा धोका न मिलोस मलाई झैं भन्छु!

भरपूर माया र सम्मान अनी सत्कार मिलोस!


कृष्ण मानव खड्का



दुइ वटा कुरा हुन्छ दसै पछाडी !

फुल यात छुरा हुन्छ दसै पछाडी !!


सफा मनले दुर्गासँग माग्नु दसैमा

मन्को इच्छा पुरा हुन्छ दसै पछाडी !


यस्तै चोट यस्तै पिडा दोहोरिरहे

बाटा अझै साँघुरा हुन्छ दसै पछाडी !


मत्तीने र आत्तीने को बिस्वास नगर्नु

दुख पिडा मधुरा हुन्छ दसै पछाडी !


मिठो बोली मिठै माया गर्छौ भने

सिन्दुर र चुरा हुन्छ दसै पछाडी !


आटेको र चाहेको मिलोस सबैलाई

नत्र 'नेपाल' बेसुरा हुन्छ दसै पछडि !


नबिन नेपाल



तिंखा काँडा स्वरूप एक घोचाई अनेक

मुटु शरीर छ दुरुस्त सोचाई अनेक >१ <


बाँच्ने खाने लाउने सबैले जिउनलाई

पाउने सन्तुष्टि एउटै रोजाई अनेक >२<


श्रद्दा भाव इच्छा गरिन्छ सु प्राप्तिको लागि

हर्ष पिणा शान्ति समान पोखाई अनेक >३<


श्रीखण्ड चन्दन लेदो पारी लेपन लगाई

माथ मन हुन्छ शितल घोटाई अनेक >४<


जन्म मृत्यु बिबाह अबश्य भएर छाड्छ

जुठो अर्थी थलो चोखिन्छ लोटाई अनेक >५


~~~~~**गरुवाली तारा **~~~~~



निधारमा रातो टिका लगाएर मानौ दशै ।

खुशी हुदै दुःख पिडा भगाएर मानौ दशै ।।


आर्शिवाद लिनु पर्छ आँफु भन्दा ठुला बाट ,

मन भरि हर्षै हर्ष , जगाएर मानौ दशै ।।


रिस राग गर्न छोडौ मिलीजुली बस्नु पर्छ,

धर्म गर्न पाप जति , बगाएर मानौ दशै ।।


प्रदेशमा हुनेहरु आफ्ना आफ्ना घर बाट,

जमरा र रातो टिका, मगाएर मानौ दशै ।।


रत्न शमशेर थापा 'निर्दोषी'



अतभुद प्रेमको काहानी छ कसैको...?

मायाँमा पागल हुने बानी छ कसैको...?


जुन झै चम्कि रहने हरेक पलमा॥

मन मुटु धड्कन की रानी छ कसैको...?


छरपष्ट फैलिएको यो युगमा पनी॥

निस्वार्थ र भावनाको खानी छ कसैको...?


प्रेम जोडी रमाउने बिशाल बगैचा॥

प्रकृतिले बन्यो कि लगानी छ कसैको...?


अति लामो प्रयासमा जोडिएको यहाँ॥

रँगमञ्च माथी मनो मानी छ कसैको...?


"अभागी"मुकेश रेउले



रहर जत्ती सुकाकी छु, तिम्रो शहरमा !

ईच्छाहरु लुकाकी छु, तिम्रो शहरमा !!


चिन्दिन म भन्यौ,माफी भए गल्ती तिम्रा,

आँफै शिर झुकाकी छु,तिम्रो शहरमा !!


नाता मेरा कोही छैनन्, र त ओहदामा,

थुप्रै मौका चुकाकी छु,तिम्रो शहरमा !!


बनावटी देखे सबै,अनी यस्तो गरे,

हाँसो मात्रै फुकाकी छु, तिम्रो शहरमा !!


अप्ठ्यारोमा पर्‍यो कोही,हाँस्ने मिल्छ निहुँ,

धेरै मन दु:खाकी छु,तिम्रो शहरमा !!


संगीता बिरही 



वेवारिसे जिन्दगीको वेवारिसे चाला

आज यहाँ भोली कहाँ कैले झरी जाला ।


यता छाम्छु रित्तो भेट्छु उता झनै शून्य

संगालेर जिन्दगी यो गाँस्दिन म माला ।


चल्छ आँधी निराशाको वेग मारी मारी

हेर्दा हेर्दै यो रुख पनि ढल्छ यसै पाला ।


यति ठुलो दुनियामा मै हो भाग्यशाली

अर्कै कुरा गढी रह्यो वेचैनीको भाला ।


अझ्झै छ की नमिलेको यहाँ बहिखाता

तिर्नै पर्ने जिन्दगीको तिर्दैछु म ज्याला ।


खुल्ला आकास खुल्ला धर्ती छैन कुनै घेरा

देऊ कोही पिउछु बरु विषालु त्यो प्याला ।


टि. बि. सागर



यसपाली नि जमरा, सुक्ने भयो आमा॥

यो दशैँको रातो टिका, चुक्ने भयो आमा॥


साथी भाई सँग सँगै, रमाउने मेरो॥

चाहाना त्यो सबै सबै, लुक्ने भयो आमा॥


सानो छँदा ढाँका टोपी, हाँस्दै लाको शिर॥

पोहोर झैँ प्रवाशमै, झुक्ने भयो आमा॥


खुशी हुँदै मेरो लागी, नानीले उनेको॥

सयपत्री माला फेरि, फूक्ने भयो आमा॥


जताततै झिलीमिली, देउसी र भैलो॥

सम्झि सम्झि मेरो मन, दुख्ने भयो आमा॥


"अभागी"मुकेश रेउले



बुझ्न सकिएन कुन मोंड्मा छ जीवन!

कहिले हो अंतिम निचोड्मा छ जीवन!


घमण्ड छ आफैमा नांगो भए पनी यहाँ!

फेरी पनी जीउनै पर्ने होड्मा छ जीवन!


एक -एकदीन गरी घट्दैछ आयु पनी!

घटाऊ हैन मृत्युको जोड्मा छ जीवन!


मानवभै जन्मेंनी कर्म हुन जानेन खै!

ठप्प छ स्थीर आधी रोड्मा छ जीवन!


कृष्ण मानव खड्का



प्राण भन्दा धेरै चाहान्थे...कसै कसैलाई।

हृदयकी रानी नै मान्थे...कसै कसैलाई।


सोह्र सिँगारमा सजिएर छाउँदा यि नयन भरि,

साक्षात अप्सरा नै ठान्थे...कसै कसैलाई।


संसारकै अनमोल अनि सुन्दरताले सजिएका,

उपहारहरु म छान्थे...कसै कसैलाई।


दिवा स्वप्नमा त्यो मायालुको बस्तिहरुमा,

भेट्ने आशा लिएर जान्थे...कसै कसैलाई।


राज क्षेत्री राहुल



सुक्ष्म कुरा देख्न सक्ने गजलकार हुनुपर्छ,

सत्य तथ्य बोलिदिने त्यो खुङ्खार हुनुपर्छ ।


कलमको माध्यमले अन्यायको बिरुद्धमा,

लेखिएका हर शब्द काडेतार हुनुपर्छ ।


सुन्दर यो देश भित्र नदी ताल अनि हिमाल ,

धन झुल्ने फाँट सगै बेसी टार हुनुपर्छ ।


हिजो मारे बिचारलाई अब मार्न दिने छैनौ ,

लेखौ साथि लेख्ने काम बारम्बार हुनुपर्छ ।


जिन्दगीनै सिध्याउने बम गोला भन्दा ठुलो ,

कुबिचार मार्न सक्ने हतियार हुनुपर्छ ।।


शान्ति अधिकारी



आज एउटा गजल,बहरमा लेख्ने कोशिस मेरो

डाँडाकाँडा गामबेसी,शहरमा लेख्ने कोशिस मेरो


बगी रहेछन् नदि नाला, कल-कल झरना पनि

नदि नाला झर्ना खोला,नहरमा लेख्ने कोशिस मेरो


प्रेमि प्रेमिकाहरु नै यहाँ, गर्छन्  किन पश्चताप

विषका ति प्यालासंगै,जहरमा लेख्ने कोशिस मेरो


रातलाइ नि दिन ठान्छन्,पागल प्रेमी हरु यहाँ

बिहानीको त्यो सुनौलो,प्रहरमा लेख्ने कोशिस मेरो


मेरो पनि चाहना हो,सुन्दर गजल सृजना गर्ने

खै कस्तो भयो रहरै, रहरमा लेख्ने कोशिस मेरो


रोहित राना



नबोलेरै उठ्यौ किन, बुझ्नै सकिएन॥

तिमी फेरी छुट्यौ किन, बुझ्नै सकिएन॥


जुनीदेखी हार खाई, आफै बाट आज॥

अचानक टुट्यौ किन, बुझ्नै सकिएन॥


जस्ले तिम्रो कुरा काटी, हिड्थ्यो सँधै भरि॥

उसै सँग जुट्यौ किन, बुझ्नै सकिएन॥


हरपल सँगै सँगै, सहयात्री बनि॥

मेरै ईज्जत् लुट्यौ किन, बुझ्नै सकिएन॥


अर्थहिन कुरा सुनी, समाजमा आफ्नो॥

अस्तित्व नै भुट्यौ किन, बुझ्नै सकिएन॥


"अभागी"मुकेश रेउले



साँच्चै! यौटा लम्पसार सडक थियो..!!

सत्य! तितो यर्थात भयानक थियो..!!


छात्रा बलत्कृत किन हुन्छन् पाठशालामा..

दोषी शिक्षक या त आभिभावक थियो..!!


आकाश खस्यो तिम्रो त्यो आँचलमा..

आकाश खस्नुमा सौन्दर्यता बादक थियो..!!


प्रेमको परिभाषा थाहा रहेनछ सायद..

त्यसैले तिम्रो प्रेम बनावटी नाटक थियो..!!


अचेल बजारमा यै हल्ला सुनिन्छ..

संविधानसभा जन्तालाई घातक थियो..!!


लक्ष्मण मिलन विष्ट



बेहुलीको मुख देख्ने चलन हराएछ

नन्दले बाटो छेक्ने चलन हराएछ


आजकलका आधुनिक बिबाह भन्छन

भित्तामा जिम्ती लेख्ने चलन हराएछ


लछ्छीनकी बुहारी घर भित्रिदा दैलामा

दायाँ पाउँ अघि टेक्ने चलन हराएछ


सासु बुहारी बिच कुस्ती र लुकामारी

भान्छामा सगैँ रोटी सेक्ने चलन हराएछ


बेहुलीले बेहुलालाई हराउनै पर्ने थियो

सकुनीका पासा फेक्ने चलन हराएछ ॥


प्रकाश अज्नबी



यताको हलचल, देखे रुन्छे होला ।

मेरा यि दलबल, देखे रुन्छे होला ।


बियोगमा लेखिएका मिठा रचना

मुटु छुने गजल, देखे रुन्छे होला ।


सङघर्स, दुखले बनाएको बसस्थान

आलिसान महल, देखे रुन्छे होला ।


रुनुमात्र होईन रैछ हास्न जने बल्ल

सुखै सुखका पल, देखे रुन्छे होला ।


पहिलेझै खराब सँगत छैन अहिले

नबिनको छलफल, देखे रुन्छे होला ।


नबिन नेपाल



सम्झिएर उनैलाई, हाँस्न मन लाग्छ

कुम-जोडी उनिसंगै,नांच्न मन लाग्छ


पल्लो घरकी उनि, हेर्छिन् लुकी-लुकी

अजम्बरी प्रिती पनि,गाँस्न मन लाग्छ


दुर्घन्धित छ'यो मौसम, शुद्ध खोज्ने सबै

लाज्का गहना उन्लाई,साँच्न मन लाग्छ


जीवन पछि मरण, यो निश्चय नै छ है

केवल उनकै निम्ति,बाँच्न मन लाग्छ


माया गर्छु भन्छिन, मनमा के छ कुन्नि

माया मेरो छ'कि छैन ,जाँच्न मन लाग्छ

हेमन्त उपाध्याय




कुरै कुराले यो देश बन्ला त....?

सत्य छुराले यो देश बन्ला त....?


फेरी तम्मिन्छन नसक्ने हरु॥

यस्ता भुराले यो देश बन्ला त....?


किन...? बनाईयो उस्लाई मन्त्री॥

थुक्क लुराले यो देश बन्ला त....?


मान्छे कै खुन चुसेर मोटाको॥

छि! पाखुराले यो देश बन्ला त....?


मातृभुमी बेचेर खाने उही॥

लाछी सुराले यो देश बन्ला त....?


"अभागी"मुकेश रेउले



गजल मा बहर को के कुरा गरु !

जीवन यो नहर को के कुरा गरु !


मन मुटाब चर्कोछ एक आपस मै!

स्वार्थी यो सहर को के कुरा गरु!


स्वार्थी हुदो रैछ तब रहर जागे पछी

एस्तो अटूट रहर को के कुरा गरु!


सोचे जस्तो नहूँदा मनमा पीड़ा छ!

यो उर्लने लहर को के कुरा गरु !


जीबन हेरी उदेक लाग्छ मलाई त !

भित्रै सक्ने जहर को के कुरा गरु!


कृष्ण मानव खड्का



तिमी सँग ठस्किन्छे रे तिम्री बुढी ठुले

ठिटो देखे मस्किन्छे रे तिम्री बुढी ठुले ||


बायु लाग्यो बोक्सी लाग्यो भन्थे धामी बा ले

सपनीमा झस्किन्छे रे तिम्री बुढी ठुले||


हात्ती सुँडे पिडौलामा खाँदी खाँदी स्कट

लस लस लस्किन्छे रे तिम्री बुढी ठुले||


कुरा काट्दा दुनियाँले उस्कै सामु त्यहाँ

ङिच्च गर्दै खस्किन्छे रे तिम्री बुढी ठुले||


हत्केलामा बैश बोकी घुम्दै शहरमा

आफ्नो बैश पस्किन्छे रे तिम्री बुढी ठुले||


जीतु खड्का गाउले



मान्छे केवल मान्छे नैहो जात जातिमा के छ?

मनमा श्रद्दा हुनु पर्छ फूल पातीमा के छ?


काटे रगत रातै हुन्छ चल्ने धड्कन यौटै

छेत्री बाहुन दलित उफ़ किरांतिमा के छ??


जहाँ विश्वास त्यहाँ हुन्छ सत्भाबको बास

संस्कार थेग्छ साधु सन्त अपराधीमा के छ??


विदेश पसे युवा शक्ति अब खोक्रो पार्टी

कांग्रेस माले राप्रपा र माओबादिमा के छ??


दुइ दिनको चोला हाम्रो सार्थक पर्ने तत्व

दिलमा हुन्छ आत्मियता खै छातीमा के छ??


संसार टिक्छ समर्पणले दुनियाको माझ

अमृत दिन्छ अमरत्व बिसादिमा के छ??


Asmi G.M



आज सम्म तिम्रो कुनै, कल छ भने देखाउ॥

सँग सँगै बिताएको, पल छ भने देखाउ॥


किन त्यसै उफ्रि रन्छौ, रिसाएर आफै आफै॥

जस्तो सुकै युद्द जित्ने, बल छ भने देखाउ॥


पुग्यो घुर्की अति भयो, कति कुरा सुन्नु तिम्रो॥

तिम्रै पक्ष्य लड्ने त्यस्तो, दल छ भने देखाउ॥


नबुझेरै कुराकानी, कति खेदो खन्छौ सँधै॥

तिमी सँग गरिएको, छल छ भने देखाउ॥


"अभागी"को मनलाई,बेला बेला तड्पाउने॥

दर्दयुक्त चोटिलो ग'जल छ भने देखाउ॥


"अभागी"मुकेश रेउले



स्वदेशमा जनतालाई काम देऊ सरकार।

सक्दैनौ त बिरोजगारी नाम देऊ सरकार॥


कहिले सम्म बिदेशिको दाशी बन्ने अझै हामी।

बस्छु बरु तपस्यामै धाम देऊ सरकार॥


भरिएन पेट जती मजदुर गरेपनी।

भौकैछन लालाबाला माम देऊ सरकार॥


परिश्रम पसिनाको हुनै छाड्यो कदर हेर।

थोरै ईमान्दारिलाई ठाम देऊ सरकार॥


थाहा भयो कुर्ची हासिल गर्न धन बाड्दा रैछौ।

भोट दिम्ला मैले पनी दाम देऊ सरकार॥


कृष्ण पौड्याल



माया लगाई जिन्दगीमा छुट्न नपरोस!

आफ्नै छाती आफैले नै ,कूट्न नपरोस!


पीड़ा हुन्छ मुटु भित्र मनको मान्छे छुटे!

दुःख-पीड़ा सही रातमा, घुंट्न नपरोस!


छाती भित्र सजाएर ,,तस्वीर त्यो बेग्लै!

जबर-जस्ती अर्कै सँग ,जूट्न नपरोस!


किन हुन्छ ठुलो घात ,माया पिरतिमा?

देशै छोड़ी बसाई सराई ,उठ्न नपरोस!


सु=मार्गमा चमकी रहोस जीवन तिम्रो!

भाग्य त्यो"कृष्णको"झैं फूट्न नपरोस!


कृष्ण मानव खड्का



कसैको यादमा दुई थोपा आँशु पोखेर गजल लेखेँ।

एक छिन यो धड्कन रोकेर गजल लेखेँ।


हृदयमा सजाएको उनको नाम बाहिर लिँदा,

देख्ने डरमा पराईले ढोकेर गजल लेखेँ।


मान्दो रहेनछ यथार्थ लेख्न यत्तिकै यो कलमले,

अलिकति बासी रक्सी धोकेर गजल लेखेँ।


मुटुमा वियोगको चोट,नयनमा मिठो अतित,

मन भरि बेदना त्यो बोकेर गजल लेखेँ।


न रहन्छ बाँस न बज्छ बाँसुरि भन्दै,

मृत्यु संग जीवन जोखेर गजल लेखेँ।


राज क्षेत्री राहुल



पाठा पठेङ्ग्रा उफ्रिएको देख्दा..!!

लाटा लठेङ्ग्रा उफ्रिएको देख्दा..!!


मैले अलिकती ओठ खोल्ने गर्छु..

फाटा ठटेङ्ग्रा उफ्रिएको देख्दा..!!


बन्छ अब त संविधान सोच्छु...

रोडमा बल्ढेङ्ग्रा उफ्रिएको देख्दा..!!


सदनका बाँदरको झल्को देखिन्छ..

भेडा र च्याङ्ग्रा उफ्रिएको देख्दा..!!


आफु आफैमा भावहित हुन्छु...

लुला गज्याङ्ग्रा उफ्रिएको देख्दा..!!


लक्ष्मण 'मिलन' विष्ट



आकाशका जुन ताराले गिज्याएझै लाग्न थाल्यो,

किन तिम्रो मायाले नी बिझाएझै लाग्न थाल्यो ।


झुट्टा आरोप लगाएर म माथि नै शकां गर्दै,

साथि भाईले न’भा कुरा फिजाएझै लाग्न थाल्यो ।


साचो कुरा नबुझेरै पराईको कुरा सुनि ,

आफ्नै घरका मान्छे पनि रिसाएझै लाग्न थाल्यो ।


हृदयमा सजाएको मायालुले धोका दिदा ,

पानी हैन आँशुले नै भिजाएझै लाग्न थाल्यो ।


ब्रमाण्डनै घुमिदिदाँ टेक्नलाई गाह्रो पर्यो ,

बेहोस भई लड्दा पनि निदाएझै लाग्न थाल्यो ।


शान्ति अधिकारी



हो त्यो तारा टुट्या मात्र हो

आकाश बाट छुट्या मात्र हो


त्यसरि नै छुट्ला जिन्दगि

केहि दिन जुट्या मात्र हो


जिन्दगि यो डग्मगिनुमा

यो दैबले चुट्या मात्र हो


को रोयो र नशामा बोल्या

हो परेलि उठ्या मात्र हो


अरु के नै गर्यो र मलाई हँ

समय ले लुट्या मात्र हो


खकेन्द्र समर्पण



कतै तिमी छौ की भन्दै चारै तिर चियाउँछु

नदेख्दामा परेलि यो आँसु झारी भिजाउँछु


तिमी त्यहा म छु यहा मन हाम्रो सँगै नै छ

यहिँ सोची आफ्नो मन आफैले नै रिझाउँछु


सँगै थियो यात्रा हाम्रो बेबस्ताले टाढा भयौ

जुनसँगै तिम्रो फोटो काखी च्यापी निदाउँछु


दिन-रात छट्पटीमा बाच्नु पर्दा एक्लै एक्लै

एक मुठ्ठी मेरो प्राण तिम्रै काखमा बिसाउँछु


शान्ति पाख्रिन



धेरै पछि मेरो मन निराश भयो आज ।

एकान्तमा हराएको आभाश भयो आज ।।


म दुखीको बस्ने घर अर्कैको हुन थाल्यो,

त्यसैले त ओडार नै आवास भयो आज ।।


साथ दिने आफन्त नि पराइ बन्न खोज्दा,

सारा मन्का खुशीहरु बिनास भयो आज ।।


शत्रु बैरी लागी परे सर्वस्व लुट्दै गय,

सुख दिने पाटो जति निकास भयो आज ।।


सबै बाट हेला खेप्दै जिन्दगी एक्लो हुदा ,

जता ततै ठोक्की हिड्ने बतास भयो आज ।


रत्न शमशेर थापा निर्दोषि



आजभोलि यस्तोलाग्छ,झुकेको छ देश मेरो l

परदेशीको दिलमा पनि ,दुखेको छ देश मेरो l


हाम्रो गौरव गाथा के हो? धेरै लाई थाहै छैन l

सगरमाथा हाम्रो आफ्नै,लुकेको छ देश मेरो l


छिमेकीछन् झलमल्ल,हाम्लाई अँध्यारोमा l

बगेकाछन् कोशी काली,सुकेको छ देश मेरो l


चोरबस्छन चौतारीमा,सज्जन पाउँछ शूली l

असक्त र निमुखालाई ,भुकेको छ देश मेरो l


कोहि पुगे चन्द्रमामा ,कोहि मंगल धाउँछन् l

सधैं भरि कुर्सी पाउन , ढुकेको छ देश मेरो l



कोमल भट्ट



आकाशको तारा खसे भन तिमी के गर्छौ,

अन्जान मै माया बसे भन तिमी के गर्छौ?


ढकमक्क फुलेको त्यो यौवनको मातमा,

नमज्जाले कोही फसे भन तिमी के गर्छौ?


भोलिका ति दिनहरु चिन्न क'ले सक्यो र?

बाध्यताले डोरी कसे भन तिमी के गर्छौ?


हिजो तुच्छ लाग्ने मान्छे बदलिदै ऋतु झै,

मन दिल भित्र पसे भन तिमी के गर्छौ?


चोट सानो पीर ठूलो बनाउँदै आफ्नाले,

सर्पले झै डस्नु डसे भन तिमी के गर्छौ?


शुभ प्रभात।

बिमल पहराई



कत्ती पाउडर दलेकी छ्या ।

दुनियाको आखा छलेकी छ्या ।


काली भएनी राम्रै त छेउ नी,

गोरी हुनलाई जलेकी छ्या ।


मस्की मस्की अङ्गालो मार्दै,

हेर त दिउसै चलेकी छ्या ।


लाडिदै बस्छे घरी म्वै खान्छे,

काखैमा उसको ढलेकी छ्या ।


बैस छनजेल गर न मस्ति,

बासझै सुकेर गलेकी छ्या ।


"नबिन"झै सोझा हिड्छन बाटोमा

कत्तीनी मनमा नलेकी छ्या ।


नबिन नेपाल



दशै आयो घरमा चुलो जल्दैन हामि गरिबको'मा।

साहुको घरमा जस्तै खसि ढल्दैन हामि गरिबको'मा।


पुर्खौ देखि खोले अनि सिस्नु सँग साईनो छ रे,

मिठो मसिनो भन्ने कुरा चल्दैन हामि गरिबको'मा।


वर्ष भरि कुटो अनि कोदालो सग खेल्दा पनि,

साहुको खेतमै धान फल्छ फल्दैन हामि गरिबको'मा।


गर्भ गछु धन भन्दा मनका धनि बन्न पाउँदा,

एक मनले अर्को मन छल्दैन हामि गरिबको'मा।


राज क्षेत्री राहुल



फेरी पनि गरीबलाई, रुवाउन आयो दशैं 

आँशुका सिमसिम झरी,चूहाउन आयो दशैं 


गरिबको लागि छैन धन, रुन्छ केवल मन

धनिलाई हुस्की र ब्रान्डी,खुवाउन आयो दशैं


दशैं हो की दशा हो कुन्नि,वर्षै पिछ्ये आउंछ

हुने सब्लाई चारैधाम ,घुमाउन आयो दशैं


यो चाड-वाड परदेशमा नआएकै बेश बरु

पर्देशीलाई आँशुले नै , नुहाउन आयो दशैं


सपना त परिवारसंगै,दशैं मान्ने थियो मेरो

मेरो पनि सोहि सपना, कुहाउन आयो दशैं


रोहित राना



उनको आवाज अझै, सुनौ जस्तो लाग्यो॥

सपनाको सानो घर, बुनौ जस्तो लाग्यो॥


छायाँ सरी छाईदिँदा, मेरै वरिपरी॥

हजारौमा उनिलाई,चुनौ जस्तो लाग्यो॥


कल्पनामा हराउँदै, दुई मुटु जोडी॥

सँगै बस्ने दिनहरु, गुनौ जस्तो लाग्यो॥


छोए सरी दाग लाग्ने, जुन जस्तिलाई॥

मन भित्र लुकाएर, थुनौ जस्तो लाग्यो॥


आज फेरी मायालुको, छेउ छाउ बसी॥

फाटिएको मुटु मेरो, तुनौ जस्तो लाग्यो॥


"अभागी"मुकेश रेउले



तितो कुराकानि नआएकै राम्रो

सताउने जवानि नआएकै राम्रो


फेरि नया पिडा थप्न जिन्दगिलाई

त्यो नौलो बिहानि नआएकै राम्रो


कोपिला धर्तिमा अंकुराउने बेला

असिना र पानि नआएको राम्रो


निगुर्णि निष्ठुरि धेरै आए गए

एस्ता यि बैमानि नआएकै राम्रो


बैचैन अनि तनाव आँशु माथि आँशु

यस्तो जिन्दगानि नआएकै राम्रो


खकेन्द्र साउद समर्पण



 कति आँशु झार्छ्यौ ,म तिम्रै हूँ सानी!

विस्वास के हार्छ्यौ ,म तिम्रै हूँ सानी!


मात्र तिम्रो सम्झनामा ,हूँन्छु म सँधै!

कति मन मार्छ्यौ ,,,म तिम्रै हूँ सानी!


तिमी बिना मर्दीन म बाँच्ने पनी छैन!

दुविधा किन पार्छ्यौ म तिम्रै हूँ सानी!


तिम्रो बोली सुनाई दिए पुग्छ मलाई!

केको बोली बार्छ्यौ म तिम्रै हूँ सानी!


पीर चिन्ता न लिई ,बस विस्वासमा!

सँधै मन खार्छ्यौ ?,,म तिम्रै हूँ सानी!


कृष्ण मानव खड्का



फूलले झै सुवास छर्ने कोही छौं की?

पात झरेको डाली भर्ने कोही छौं की?


बगे आँशु धेरै पटक वियोगमा,

आफन्त थानी माया गर्ने कोही छौं की?


बगेको छु,कैयौ पल्ट बर्षे भेलमा,

कापेका हात छोपी तर्ने कोही छौं की?


पोको पारी विलासिता छोडेर उतै,

यो दिलमा बसाई सर्ने कोही छौं की?


संघर्ष रै'छ जीवन भन्नु थाहा भो,

संघर्ष कै साथमा मर्ने कोही छौ की?


संसार यो स्वार्थी छ त्यै पनि आशा छ,

मेरो दुखमा आँशु झार्ने कोही छौ की?


जीन्दगी एक सफर हो चल्नु पर्छ,

उकाली ति ओराली झर्ने कोही छौ की?


बिमल पहराई



दशैं आए पनि आँशु गिराएरै आयो l

छिया छिया पारी मुटु चिराएरै आयो l


तयारीमा लागेहोलान् आफन्त र साथी l

आफूलाई त दलदलेमा छिराएरै आयो l


दिमागमा घुमिराखने जमरा र टीका l

सम्झनाको चर्कोमूल्य तिराएरै आयो l


ओझेलमा पारी सबै सुख,शान्ति,चैन l

दुखै दु:खको भवसागर भिराएरै आयो l


कोही रुने वारितिर कोही रुन्छन पारि l

आफ्नू भन्ने जतिलाई पिराएरै आयो l


---कोमल भट्ट ,काठमाडौँ l



थाप्लोमा यथावत ऋण छ विचराको..!

बन्दगी बनेको जमिन छ विचराको..!!


बाँच्नुको तात्पर्य खोजि रहेछ ..

यत्तिकै जिवन सकिन्छ विचराको..!!


छोरीको बिहेमा दाईजो ले रित्तियो..

एक-एक पल जिउन कठिन छ विचराको..!!


पसिना चुहाउछ प्रवासी माटोमा..

स्वाभिमान अरुकै अधिन छ विचराको..!!


चाडबाडमा भोक्भोकै रुँदा हुन बाल-बच्चा..

पिर ब्याथा कस्ले पो बुझ्दिन्छ विचराको..!!


हेमन्त उपाध्याय



फूलले सजिएको, डोली पायौ "बिनु"....॥

मखमली रङ्गीन, चोली पायौ "बिनु"....॥


दोबाटोमा मलाई, छोडेर गएसी॥

अति मिठो हर्षय,बोली पायौ "बिनु"....॥


बिशाल समुन्द्रको, अपमान गरी॥

जिन्दगी रमाउने,खोली पायो "बिनु"....॥


चोखो मेरो मायाँको, सँसार उजाडी॥

ईज्जत बढाउने, झोली पायौ "बिनु"....॥


सुखीयाको नक्षेत्र, चोरी दिने आज॥

बधाई छ तिमीले, टोली पायौ "बिनु"....॥


"अभागी"मुकेश रेउले



खान पाए मस्किन्छ, मान्छे लोभी है ?

नपाए त ठस्किन्छ, मान्छे लोभी है ?


नेता भन्छ "यो देशको माली तिमी हौ"

युवा उतै लस्किन्छ, मान्छे लोभी है ?


बाटो आफ्नै पाएक पार्न अड्डा धाउछ

ठुलै बिटो पस्किन्छ, मान्छे लोभी है ?


आफ्नो राम्रो देशको हानी गर्छ हासेर

निच बनी खस्किन्छ, मान्छे लोभी है ?


टाउको दुख्छ, छाती पोल्छ भ्रस्टहरु

त्यो दिन त चस्किन्छ, मान्छे लोभी है ?


नबिन नेपाल



खुकुरीमा आउनु धार लगाऊँनुछ अब!

सुतिसके राष्ट्रनायक जगाऊँनुछ अब!


कति दुःख कष्ट गर्ने हामी नेपालीले!

खेदोलगाईं खाड़ीतीर भगाऊँनुछ अब!


बेला यो ऊँदोबगाई ऊँभो तीर खोज्ने!

कर्णालीमा त्यीनिलाई बगाऊँनुछ अब!


त्यागौं तेरोमेरो सबै निस्वार्थ भई यहाँ

साँचो राखी ,झूटोलाई डगाऊँनुछ अब!


कति गरे भ्रष्टचार ,छानबीन हुनुपर्छ!

खाए जती ,,चुटी-चुटी हगाऊँनुछ अब!


कृष्ण मानव खड्का



बुझ्न चांहे के छ त्यस्तो साँचो पिरतिमा...।

विश्वास रै'छ अति नै खाँचो पिरतिमा...।


सुवास विनाको फूल बन्दो रहेछ माया,

प्रेमिहरुले नलिँदा चासो पिरतिमा...।


निभाउन नसक्दा दुई अक्षरको माया पनि,

कत्तिले त लगाए रे पासो पिरतिमा...।


भ्रम त्याग,शंका छोड,अनि माया गरि हेर,

टुट्ने छैन तव मात्र हाँसो पिरतिमा...।


राज क्षेत्री राहुल



मुटु माझै छुरा, ,चलाउन खोज्यौ 

पिडा दीई दिल ,,जलाउन खोज्यौ ||


षड्यान्त्रको खेति,,लगाएर मन् मा

मेरो निम्ती बिष पो,फलाउन खोज्यौ||


कस्तो चाल चल्छ्यौ,बेईमानी तिमी

देखा देखी आँखा,छलाउन खोज्यौ||


भकानिन्छ यो मन्,अश्रु धारा झर्छन्

नयन् बाट आज,,,पलाउन खोज्यौ||


बनाए को सानो,पिरतिको त्यो घर

जगै देखी किन,,,ढलाउन खोज्यौ||


योगेन ढोलि



दश नंग्रा खियाऊँदानी भाग् टर्छ आफ्नै!

हरेक राती यही सोंचले प्राण हर्छ आफ्नै!


हारेको त छैन"आत्माविस्वास बलियो छ!

दृढ विस्वास पाखुरामा,,,मात्र भर्छ आफ्नै!


भर कसैको पर्नु हुन्न" पौरखी हुनु पर्छ!

स्वाभिमानी त्यो हुन्छ जस्ले गर्छ आफ्नै!


धनले गरीब भए पनी मनले गरीब नहौं!

त्यहीं स्वर्ग त्यहीं आनन्दको घर्छ आफ्नै!


आत्मा सँधै स्वच्छ राख्नु माया-प्रेम भरी!

दुःख पीड़ा नदेऊ नत्र आत्मा मर्छ आफ्नै!


लज्जास्पद काम कुनै गर्नु हुन्न तिमीले!

त्यो गिरेर नज़र बाट स्वयम झर्छ आफ्नै!


ज्ञान गुणका कुरा बाँडी हिंड्ने म हूँ त्यो!

समाजमा माहामानव नाम धर्छ आफ्नै !


कृष्ण मानव खड्का



हाँसोको पर्रा उडाउछन् लोग्ने मान्छे..!!

छातीमा छाती गुडाउछन् लोग्ने मान्छे..!!


सिन्दुरको ताज पैहिरेर सिउदोमा..

अनेकौ सप्ना चुडाउछन् लोग्ने मान्छे..!!


सदैव घरमा बन्दगी बनाउन..

आमाको काख छुटाउछन् लोग्ने मान्छे..!!


हरेक राती मेरो प्रिय यसो भन्छिन्..

बाहना अनेक जुटाउछ लोग्ने मान्छे..!!


कति दिन चल्छ हँ पुरुषबादी शासन..??

मर्छ उ चुरा फुटाउछ लोग्ने मान्छे..!!


हेमन्त उपाध्याय



कहाँ गयो अपराधि, कुट्न मन लगेको छ ।

अली अली भाको माल, लुट्न मन लगेको छ ।।


पोल खोल्छु भनेको त सात कोष टाढा भाग्ने,

भेटे पछि तातो तेल्मा, भुट्न मन लागेको छ ।


दोषी होस भन्दा पनि उल्टै निहु खोच्छ गाठेँ,

सियो खोजी त्यस्को जिब्रो, खुट्न मन लागेको छ ।।


कित वार कित पार भएर नै छोड्छ अब,

उसै प्रति रिस पोख्दै, जुट्न मन लागेको छ ।


सोझो लाइ हेप्दो रैछ प्रतिकार नगर्दा त,

बम बनी छाति भित्र, फुट्न मन लागेको छ ।


रत्न शमशेर थापा "निर्दोषी"



किनारा भै न बाडीयोस मधुर मिलन !

गरिबीमा न टाडीयोस मधुर मिलन !


संझौताको बकसपत्र खुल्न नै नपाई

मौनतामा न भाडीयोस मधुर मिलन !


बिस्वाशको सगरमाथा टुक्री काँडा बनी

हृदयमा न गाडीयोस मधुर मिलन !


जिन्दगी हो नाटक घर रंगमंच ठानी

खुल्ला पर्दा झैँ न छाडीयोस मधुर मिलन !


~~~~[**गरुवाली तारा **]~~~~




भित्र भित्रै कता कता देश जलेको छ यहाँ

सायद भन्नु पर्दैन परिबेश गलेको छ यहाँ ।


बिश्वास गर्यो जस माथि घात गर्छ उहि,

साम दाम दन्ड भेदले सधै छलेको छ यहाँ ।


चर्काउन खोज्छ युद्द समयलाई बन्दि बनाई

राज्यसत्ता हात पार्न छायाँ आदेश चलेको छ यहाँ।


भाई भाइमा फुट ल्याउन जाति बादी हाबि हुदै,

अर्कोलाई दोष लाउदै आफु आफु ढलेको छ यहाँ।


घृणा द्वेस स्वार्थ छल बल अड्यो राजनिती सधैं ,

सत्ता मोहमा लिप्त भै जो कोइ जमेको छ यहाँ।

 मोहन बिहानी,



आकाशमा जून कहिले सम्म रहन्छ..?

यो तातो खुन कहिले सम्म रहन्छ..??


पिडकलाई काखा पिडितलाई पाखा..

अन्धो कानुन कहिले सम्म रहन्छ..?


बिदेशको ईसरामा नाच्या छ सरकार..

अनौठो कार्टुन कहिले सम्म रहन्छ..??


पश्चिममा पहिरो गो पुर्वमा बाढी भो..

अँझै मनसुन कहिले सम्म रहन्छ..??


नेपाली गजलको भविस्य छैन है..

बिदेशी धुन कहिले सम्म रहन्छ..??


लक्ष्मण मिलन विष्ट



जीवन रंगमंच हो सबैलाई हँसाउनु पर्छ!

दुःख भएनि ओंठमा हाँसो बसाउनु पर्छ!


तिम्रो खुसि आफ्नै ठानी रामाउने होलान!

खुसी उही माथी वर्षा बनी खसाउनु पर्छ!


चोखो माया लाए यहाँ युगौं युग टिक्नेछ!

उसैलाई विस्वास र मायाले कसाउनु पर्छ!


भावनासँग कसैको खेल्नु हुन्न कहिल्यै!

नपीड़ा दिनु पर्छ नकसैलाई फसाउनु पर्छ!


सपनाहरु देखाई झूटा बाचा-बन्धन गरी!

न तोड्नु बाचा न कसैलाई असाउनु पर्छ!


कृष्ण मानव खड्का



हामी बिचको मनको डॊरि फुके जस्तो लग्यो

भेट हुँदा तिम्रो नजर आलि झुके जस्तो लाग्यो

.

हाँसी खुशी बाँच तिमि आँसु म पिउछु भन्थ्यौ

मेरो निम्ति बग्ने आँसुहरु सुके जस्तो लाग्यो

.

आज भोलि मन मेरो संका भित्र रुमलिदैछ

जुन बाटोमा कुर्थ्यौ त्यहीं लुक़ॆ ज़स्तो लाग्यो

.

दुख;सुख बाँद्थ्यौं हामी भावाना संगै साट्थ्यौं

पहिले भन्दा निशाना आज चुके जस्तो लाग्यो

.

मेरो मन दुख्दा पनि खुब हाँस्यौ होइन तिमि

त्यही कुरा संझी आफ्नै मन दुखे जस्तो लाग्यो

.

. शेर्पिनि कान्छि



अचेल त एक सर्को तान्छु ।

तेतिले पुग्दैन अर्को तान्छु ।


गहिरैपो छ कि मुटुमा चोट

हल्काले छुदैन चर्को तान्छु ।


आधी हर त जलाईनै सक्यो

अचेलचै बाकी हर्को तान्छु ।


एउटाले एकदिन आयु सक्छ

पटक पटक धर्को तान्छु ।


मै जले केहोला तीनको हलत

सम्झी परिवार डर्को तान्छु ।


सपनिले भन्छ तैले हारिस नबिन

बिउझेर भए भर्को तान्छु ।


नबिन नेपाल



साँचो माया गर्छु भन्थे,छुट्यो बाध्याताले

शिशा जस्तै हाम्रो माया,फुट्यो बाध्याताले||


दैव लाई हाम्रो त्याग,स्वीकार भैन किन

अनायसै सारा खुसी,,,लुट्यो बाध्यताले||


कठोर बन्यो नचाहादै,चोखो प्रीत पनि

खुसी खोसी लछारेर,,कुट्यो बाध्यताले||


चौतारिमा भेट गरी,खोल्थ्यौ मनका कुरा

भेट हुने गोरेटो नि,,,टुट्यो बाध्यताले||


बाटो छुटी यात्रा मोड्मा,भेट्नै गाह्रो हुँदा

अन्तै तिर मेरो नाता,जुट्यो बाध्यताले||


योगेन ढोली



संघियता आफ्नै खोज्यो फट्याङ्राले पनी

गुलेलीकै राज्य रोज्यो मट्याङ्राले पनी|१|


पस्किएको भात सम्झी राज्य बाँढ्ने दाता

लाटो राज्य खोज्दै छ रे लट्याङ्राले पनी|२|


खसी पार्या बोका ले नै इज्जत लुटे पछी

आरक्षणको माग गरे पठ्याङ्राले पनी |३|


आन्दोलनमा लागे धामी डाक्टर फाल्ने भन्दै

सहमती गरी सके ढोल ढ्याङ्राले पनी|४|


गँजेडिको राज्य खोइ कता पर्‍यो भन्दै

लुगलुग काम्दै बोल्न थाल्यो गज्याङ्राले पनी|५|


जीतु खड्का गाउले



दशैं यतै तिहारमा चाहिं,आउने भाकोछु आमा

एक महिने लामो छुट्टी,पाउने भाकोछु आमा


यसपाली त देउसी भैलो, खेल्दै नाँच्ने धोको छ'है

साथिसंगी भैलि भाका पनि,गाउने भाकोछु आमा


दिदि नि खुसि होलिन्, भाइ आउने खबर सुन्दा

यसपाली साँच्चै भाइटिका, लाउने भाकोछु आमा


बालाई मोबाइल किनेछु, भाइलाई एउटा घडी

हजुरलाई छिट्को गुन्यो,ल्याउने भाकोछु आमा


गैरी खेतमा मार्सी धान,लह-लह झुल्दै होलान्

लेक र बेसी मेला -पातमा,धाउने भाकोछु आमा


रोहित राना



आशुँ जति तिम्रो लागी खुशी जति मलाई भन्यौ

सर्वस्व नै लुट्यौ अनि मेरो पछि नलाई भन्यौ


हिजो सम्म मायाको बोली खस्ने मुखबाट

आज यस्तो खस्यो बोली चिन्या छैन तलाई भन्यौ


कति रोएँ तिम्रो सामु कति म छटपटाए

बालुवाको थियो महल आफ्नै हातले ढलाई भन्यौ


संम्झनामा राखीराथे चिठीका ति खातहरु

चिठी पत्र च्याति दिनु तस्बिरलाई जलाई भन्यौ


खुशीको संसार मेरो भताभुङग बनायौ र

म बिग्रेनि सधैभरि तिम्रो होस भो भलाई भन्यौ ॥


प्रकाश अज्नबी



नपठाउ भो याद् मायाँ लत्याएर गएपछि!

तिम्रो मेरो हिंड्ने बाटो छुट्टा छुट्टै भएपछी!


राख्दा खेरि नानी भित्र सजाएर घोच्यो अब

के अर्थ भो यादको खै आँशु संगै बहेपछी!!


...व्यर्थै छ है धाउनु याँ घरी-घरी सपनीमा

के नै बाँकी छर अब हाँसो खुशी लएपछी!!


जहाँ रहू जस्तो रहू खुशी रहू कामना छ

मर्ने परे मै मरुंला दुख कष्ट सहेपछी!!


आसयत बुझ्यौ पक्कै तिमि मान्छे भएदेखि

ढुंगाले नि बुझ्छ भन्छन गाँठी कुरा कहेपछी!!


Asmi G.M



आज यसरि फस्छ....सोचेन उसले सायद।

मायाले पनि डस्छ....सोचेन उसले सायद।


बोलेको वचनले छुराले भन्दा धेरै,

मुटुलाई त्यो धस्छ....सोचेन उसले सायद।


विश्वास दिलाई छाएको पिरतिको छानो,

टुक्रा परेर खस्छ....सोचेन उसले सायद।


कसैको निसानीमा लगाएको मालाले पनि,

पासो बनेर कस्छ....सोचेन उसले सायद।


आफ्नैको दिलमा 'राहुल' नाम प्रति केवल,

घिर्णा जागेर बस्छ....सोचेन उसले सायद।


राज क्षेत्री राहुल



हास्नु अनि हँसाउनु यहिँ हो जिन्दगी

बाँच्नु अनि बचाउँनु यहिँ हो जिन्दगी


जन्मे पछी संसारमा खुलेर जिउनु

हासी खुसी मनाउनु यहिँ हो जिन्दगी


दु:ख सुख जिबनको दुइटा पाटा हो

रम्नु अनि रमाउनु यहिँ हो जिन्दगी


झर्छ आँसु पिडा हुदा तैपनि हामीले

भित्र भित्रै दबाउनु यहिँ हो जिन्दगी


आफु हासे अरुपनि हास्नेछ सङ्सँगै

मिठो बोलि छराउनु यहिँ हो जिन्दगी

हेमन्त उपाध्याय



जिन्दगीमा आँधी हुरी, चलेको बेला आयौ ।

एकान्तमा मेरो लाश , ढलेको बेला आयौ ।।


खुशि जति लुट्दै थियो भाग्यले कोल्टे फेर्दै,

जानि जानि नियतिले , छलेको बेला आयौ ।।


तिमी माथि कुनै आच आउन दिन्न भन्थ्यौ ,

आखिरमा मेरो देह , जलेको बेला आयौ ।।


भेट्ने आशा मय्रो होला जिबन भरी अब,

किन भने मेरो हाड , गलेको बेला आयौ ।।


रत्न शमशेर थापा 'निर्दोषी'



हेर मेरो देश गमक्क देखिन्छ l

कैलाश,पर्बत टलक्क देखिन्छ ll


साचै हरियो बन नेपाल को धन l

प्रकृति,भरिपूर्ण टनक्क देखिन्छll


पूर्वमा काकड, पस्चिमा टिस्टा l

पहाड,तराई झमक्क देखिन्छ ll


उत्तरमा तिब्बत्,दक्षिणमा झासी l

चार जात बर्णहरु फरक देखिन्छ ll


गोकर्ण कोईराला



सावनको भेलसरी ठोकिएका ईच्छा मेरा।

गन्तब्यमै नपुगी रोकिएका ईच्छा मेरा।।


कल्पनामा सुन्दर महल बनाएथे ।

मस्त सपनामा बोकिएका ईच्छा मेरा।।


सान थियो ,थियो रवाफ छुट्टै ।

हावादारी बोली जस्तो खोकिएका ईच्छा मेरा।।


म टुक्रिन्छु ,बिथोलिन्छु ,पिरोलिन्छु सधैं ।

पुरा कहिल्यै नहुनेगरी, तोकिएका ईच्छा मेरा।।


कृष्ण हरि कुँवर 



पिउन मन लाग्यो पिए बिहानै, रात मा के छ त्यस्तो

जति पिएनि लाग्दैन यो मेरो, हात मा के छ त्यस्तो

 

कति पिए पत्तै लाग्दैन, बेहोशि भएसी नशा चढेर

एउटा मान्छे लाइ अर्कै बनाउने, मात मा के छ त्यस्तो

 

बोतल सानो झोल थोरै, तागत कतिहो नापि नसक्नु

कमजोरलाइ राजा बनाउने यस्को,औकात मा के छ त्यस्तो

 

नखा भन्छन वरपरका, के था उनलाइ खानु को मजा

जेछ सबैथोक यसैमा त छनी जावो, भात मा के छ त्यस्तो


बिबेक पाठक ,



समर्पित चरण को जुठो माया चांहिदैन भो।

सत्य सांचो वोलेको छु झुट्टो माया चांहिदैन भो।


सजाएको मनको मान्छे वाट उपेक्षित हुंदा,

संवेदनशिल वन्छ मन रुखो माया चांहिदैन भो।


ह्रिदयमा कोहि छ भने नवांड भो अन्त सारा,

कन्जुस्यांई गरिएको चुत्को माया चांहिदैन भो।


वन्यौं तिमी सर्व व्यापी गरुन् सवले तिम्रै पुजा,

आफ्नै संसार स्वर्ग मेरो चुट्ठो माया चांहिदैन भो।


सरला गाहा



तिम्रो जवानी त बैसालु, फुल भएछ!!

भमराले ...चुमेछ मिठो, भुल भएछ!!


तिर्खा मेटाउन साह्रै सिपालु तिमी त!

माया त तिम्रो दोबाटोको,मुल भएछ!!


ितम्रो बासनाले यो सुनसान गाँउमा!

प्यास मेटाउनेहरू को.., हुल भएछ!!


सबैलाई.. लोभ्याउने ितम्रो जवानी!

म बाट नी अलीकती, असुल भएछ!!


D. Kc



आशाका गोरेटाहरु बारी हाल्नु हुन्न

जीवनको कसौटीमा हारी हाल्नु हुन्न **

वेगले उडेका छन अनगिन्ती चाह

झटारै हानेर तल झारीहाल्नु हुन्न **


'उदेश्य के लिनु उडी छुनु चन्द्र एक '

बिचमै हारेर मन मारी हाल्नु हुन्न **


बाँचेर जिउनलाई काम कर्तब्य ति

अधुरै राखेर डेरा सारी हाल्नु हुन्न **


बिनाश कालमा भ्रष्ट बुद्धि भई हाले

निराशै भएर खोली तारी हाल्नु हुन्न **


~~~[*गरवलि तारा*]~~~~

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

जीवनका भोगाइमा आधारित भनाइहरू

अल्बर्ट आइन्स्टाइनका दस भनाइहरू