डा. योगी विकाशानन्दका दश मननिय भनाइहरू

https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g 


१. असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।


२. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।


३. जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।


४. भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनीतिको संभावना छैन ।


५. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।


६. हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।


७. सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।


८. सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।


९. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।


१०. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।


Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: