यात्री केशरका मननिय भनाइहरू (यात्री विचार)

https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g 


प्रथम खण्ड


१. कामलाई भोलीको बाहानामा पन्छ्याउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो ।


२. सफलता त्यो जमिनमुनीको पानी हो जुन सय ठाँउमा एक मिटर खन्नाले मिल्दैन बल्की एक ठाँउमा सय मिटर खन्नाले मिल्दछ ।


३. यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन् ।


४. तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधा पुर्याउछ भने तल खस्न सहयोग ।

५. जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन् ।






द्वितिय खण्ड


१. प्रायः मानिसहरू यो भ्रममा बाचिरहेका हुन्छन् की सफलता संघर्षमा होइन भाग्यमा अडेको हुन्छ । 


२. उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल साथी त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ । 


३. प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् । 


४. आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ ।


५. असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।



तृतिय खण्ड


१. धनी हुनलाई 'सम्पत्तीको थुप्रो' होइन, 'सन्तुष्ट मन' चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग-सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल ।


२. गुलावको बोटमा पनि काडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो ।


३. हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यै धर्म हुदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउदामा मिल्छ ।


४. विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर ।



५. जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: