चोखो माया सम्बन्धी भनाइ हरु

 

https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g

१. कुनै कुनै प्रेम यसकारणले पनि अधुरो हुने गर्छ किनकि एउटाले भन्ने हिम्मतनै जुटाउन सक्दैन र अर्कोले सम्झिने कोशिसनै गर्दैन ।


२. जिन्दगीमा कहिले पनि कसैसंग प्रेमको लागि आफ्नो हात नाफैलाउनु किनकि प्रेम मागेर पाईदैन, आफुलाई त्यसको लायक बनाउनु पर्दछ ।


३. एउटा प्रेमले तब मात्र पूर्णरुप लिन्छ जब आफुले प्रेम गरेको मान्छेको राम्रो र नराम्रो दुवै कुरालाई बराबर प्रेम गर्न सुरु गर्छ ।


४. जिन्दगीमा हारेक कुरा जितेर खुसी मिल्छ तर प्रेम मात्र एउटा यस्तो चिज हो जहाँ जितेर भन्दा पनि हारेर बढी खुशी मिल्ने गर्छ ।


५. भनिन्छ प्रेम र युद्दमा हरेक कुरा जायज छ तर जसले पनि यो भनाई भनेको होला, उसको मन पक्कै पनि ढुंगाको हुनुपर्छ किनकि युद्दमा लडाई हुन्छ र परेमा प्रेमको बाटो बाहेक हरेक कुरा नाजायज हुन्छ ।


६. सुन्दरता संग गरिने प्रेम उमेरले मेटाईदिन्छ, धन संग गरिने प्रेम समयले सकाईदिन्छ तर मन संग गरिने प्रेम सधै भरि रहिरहन्छ ।


७. एउटा स्त्रीले हेरविचार र भावना बाट प्रेमको महशुस गर्छिन भने एउटा एउटा पुरुषले स्वकृति र स्पर्शबाट प्रेमको महशुस गर्छ र यहि भिन्नतालाई नबुझ्नाले आजभोलिको प्रेम सुरु हुनुभन्दा पहिलेनै सकिन्छ ।


८. जब तपाईलाई कसैसंग साचो प्रेम हुन्छ तब त्यो प्रेमले तपाई भित्रको हरेक नराम्रो कुरालाई मेटाउने कोशिस गर्छ, यहाँ सम्म कि त्यो प्रेमले तपाइँ आफै लाइ मेटाईदिन्छ, त्यसपछि मात्र प्रेम बाकि रहन्छ ।


९. एउटा कठोर मन भित्र कुनै पनि हालतमा प्रेम पलाउँ सक्दैन जबसम्म त्यो परिवर्तन हुदैन किनकि प्रेम कोमलता र सरलतामा फुल्ने फुल हो, त्यसैले तपाई जति कठोर बन्नुहुन्छ त्यतिनै प्रेम तपाई बाट टाढा हुदै जान्छ ।


१०. प्रेमको बारेमा ठाउ ठाउमा अनेक परिभाषा सुनिन्छ कि प्रेम यो हो, प्रेम त्यो हो तर साच्चै प्रेमलाई बुझ्नको लागि एक मात्र उपाय छ र त्यो हो आफै प्रेममा पर्नु, त्यो बाहेक अरु कुनै बिकल्प छैन ।


Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: